-1734006817.jpg)
काठमाडौं— नेपाल प्रिमियर लिगमा आज भएको पहिलो खेलमा विराटनगर किंग्समाथि पोखरा एभेन्जर्सले रोमाञ्चक जित हात पारेको छ। पावर ओभरमा पुगेको खेलमा पोखराले १३ रनले पराजित गरेको छ।
पोखराको ५ खेलमा यो दोस्रो जित हो। पोखराको जितमा रेमन रेइफर नायक बने। उनले पावर ओभरमा २ छक्का र एक चौकासहित १७ रन बनाए। जसले गर्दा ४ ओभरमा ४ विकेट लिएर १८ रन दिएका विराटनगरका बलर प्रतिश जिसी छायाँमा परे। रेफर ३४ रनमा नटआउट रहे भने २ विकेटसमेत लिएका थिए।
दोस्रो खेलमा काठमाडौं गुर्खाजमाथि जनकपुरले ५ विकेटको जित हात पार्यो जनकपुरका लागि ललित राजवंशी र शेर मल्लले ३–३ विकेट लिएपछि काठमाडौं सस्तैमा समेटियो।
जनकपुरले ५ विकेट गुमाउँदै १५.५ ओभरमा १०४ रन बनाएर नतिजा आफ्नो पक्षमा पारेको हो। टस जितेर ब्याटिङमा आएको काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सलाई १०२ रनको लक्ष्य दिएको थियो।
१९.३ ओभरमा अलआउट हुँदै काठमाडौंले १०१ रन बनाउन सक्यो। काठमाडौंको लागि जेरार्ड एरास्मस २०, करण केसी १९, स्टेफन इस्किनाजी १७, माइकल लेभिट ८, रसिद खान ७, प्रतिक श्रेष्ठ ६, भीम सार्की ४, डान डाउथवेथ १ रन, सुमित महर्जन, दिपेश कँडेल शून्यमा आउट भए। साहब आलम ८ रनमा अविजित रहे।
जनकपुरका लागि राजवंशी र मल्लको अलावा मोहम्मद मोहसिन २, अरनिको यादव र किशोर महतोले समान १–१ विकेट लिए। १०२ को लक्ष्य लिएर मैदानमा उत्रिएको जनकपुरका लागि जेम्स निसम २७, लाहिरू मिलन्था १६, अनिल साह ११, शुभ कंसकार ५, आशिफ शेख २ रनमा आउट भए। हर्ष ठाकर २५ र मोहम्मद मोहसिन १३ रनमा अविजित रहे।
काठमाडौंका लागि करण केसीले २, दिपेश कँडेल, साहव आलम र जेरार्ड एरास्मसले १/१ विकेट लिए। जनकपुरले यसअघि ४ वटामा जित हासिल गरेको थियो भने सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो। काठमाडौंले यसअघि २ खेल हारेको थियो भने २ खेलमा जित हात पारेको थियो।
आजको खेल
जितका लागि शुरुमा मैदानमा उत्रिएको विराटनगरको पहिलो विकेट मार्टिन गुप्टिलको गुम्यो। उनले १५ बलमा ५ रन बनाए। उनलाई सागर ढकालले आउट गरेका थिए। यतिबेला ४.३ ओभरमा विराटनगरको २६ रन बनेको थियो।
दोस्रो विकेट भने लोकेश बमको गुम्यो। २ चौका र २ छक्का हानेका उनले १६ बलमा २६ रन बनाएका थिए। तर ५.६ ओभरमा राइमन रेफरले बलिङसहित क्याच गरेर पेभेलियन फर्काइदिए।
पावरप्लेमा विराटनगरले २ विकेट गुमाएर ३४ रन बनाएको थियो। ७.१ ओभरमा नरेश भट्ट पनि आउट भए। दिनेश खरेलले ११ बलमा ४ रन बनाएका भट्टलाई सागर ढकालले क्याच गरिदिए। यतिबेला विराटनगरको ३७ रन बनेको थियो।
विराटनगरले १० ओभर ३ विकेट गुमाएर ६१ रन बनाएको हो। १२.१ ओभरमा ढकालले नै १६ बलमा एक छक्कासहित १० रन बनाएका निकोलस किर्तनलाई आउट गरिदिए। माइकल लिस्कको क्याचमा उनी आउट भएका हुन्।
१८.२ ओभरमा स्कट एडवार्डलाई कप्तान कुशल भुर्तेलले आउट गरे। ३५ बलमा ४५ रन बनाएका उनले ४ चौका हानेका थिए। तर उनी भुर्तेलको एलबीडब्लू धरापमा परे।
दीपक बोहरा ४ रनमा रनआउट भए। बसिर अहमद २१ र प्रतिश जिसी ४ रनमा अविजित रहँदा विराटनगरले १३९ रनको योगफल तयार गर्यो। विराटनगरले ४ रन एक्स्ट्रा प्राप्त गर्यो।
१४० को लक्ष्य बोकेर आएको पोखराको पहिलो विकेट दिनेश खरेलको गुम्यो। दिनेशले ११ बलमा एक छक्कासहित ११ रन बनाएका थिए। ४.३ ओभरमा उनलाई प्रतिश जिसीको बलमा अनिल खरेलले क्याच गरेका हुन्। यतिबेला पोखराको ४८ रन बनेको थियो।
पावरप्लेमा पोखराले ५९ रन बनाएको थियो। पोखराले १० ओभरमा ७८ रन पुर्याएको थियो। १०.३ ओभरमा जिसीले नै ३९ रन बनाएका आन्द्रेश गोसलाई आउट गरे।
७ चौका हानेका गोसलाई बसिर अहमदले क्याच गरे। यतिबेला पोखराको ८० रन बनेको थियो। १२.५ ओभरमा पुन जिसीले नै जेन मलिकलाई आउट गरे। ९ बलमा ४ रन बनाए मलिकलाई आउट गर्दा पोखराको ८८ रन बनेको थियो।
३४ बलमा ३१ रन बनाएको कप्तान भुर्तेल क्रिश सोलबाट आउट भए। उनले एक छक्का र दुई चौका हानेका थिए। लगत्तै सोलबाट नै ट्रिट दास पनि शून्यमा आउट भए। १८.४ ओभरमा जिसीले नै माइकल लिस्कलाई आउट गरे।
उनले १२ बलमा एक छक्कासहित ११ रन बनाए। यतिबेला पोखराको १२६ रन बनेको थियो। रेमनले ३४ र नारायण जोशी २ मा अविजित रहे। अन्तिम ओभरको अन्तिम बलमा पोखरालाई जितका लागि ७ रन चाहिएको थियो तर रेमनले छक्का हानेपछि पोखराको १३९ नै रन बन्यो।
सुपर ओभरमा सन्दीप लामिछानेको बलमा रेमर रेफरले लगातार दुई छक्का र एक चौकासहित १७ र आन्द्रेश गोसले एक रन बनाएपछि पोखराले १८ रन बनायो।
जबाफी ब्याटिङमा आएको विराटनगरले जम्मा ५ रन बनायो। सुपर ओभरमा विराटनगरलाई पोखराले १३ रनले हराएको हो। सुपर ओभरमा लामिछानेको बलमा रेमर रेफरले लगातार दुई छक्का र एक चौकासहित १७ र आन्देश गोसले एक रन बनाए।
विराटनगरका लागि मार्टिन गप्टिलले २‚ निकोलस किर्तनले २ रन बनाए भने एक वाइडबलका कारण अतिरिक्त एक रन प्राप्त भयो।
पोखराले अतिरिक्त ७ रन प्राप्त गरेको थियो।
दोस्रो खेलमा काठमाडौंको पहिलो विकेट २.३ ओभरमा गुम्यो। किशोर महतोको बलमा एक छक्कासहित ६ बलमा ८ रन बनाएर माइकल लेभिट आउट भए। उनलाई मोहम्मद मोहसिनले क्याच आउट गरे।
दोस्रो विकेट भने भीम सार्कीको रह्यो। ११ बलमा एक चौका हानेका सार्कीलाई मोहम्मद मोहसिनले कप्तान अनिल साहबाट क्याच गराए। यतिबेला पावरप्लेमा काठमाडौंको ३५ रन बनेको थियो।
६.१ मा ललित राजवंशीले स्टेफन इस्किनाजीलाई एलबीडब्लू धरापमा पार्दै पेभेलियन फर्काए। स्टेफनले १९ बलमा दुई चौकासहित १७ रन बनाए।
सुमित महर्जन पनि तीन बल खेल्दै शून्यमा आउट भए। उनलाई ६.४ ओभरमा राजवंशीको बलमा नै कप्तान साहले क्याच आउट गरे। १० ओभर खेल सकिँदा काठमाडौँले ५४ रन बनाएको थियो।
११.३ ओभरमा अरनिको यादवले १६ बलमा ७ रन बनाएका रासिद खानलाई आउट गरे। खानलाई पनि कप्तान साहले नै क्याच आउट गरेका हुन्। १२.४ ओभरमा शेर मल्लले डान डाउथवेथलाई आउट गराए। ५ बलमा एक रन बनाएका उनलाई आशिफ शेखले क्याच आउट गरेका हुन्।
१४.६ओभरमा राजवंशीले नै प्रतीक श्रेष्ठलाई आउट गरे। उनले ११ बलमा १ चौकासहित ६ रन बनाएका थिए।
लगत्तै १५.३ मा मोहसिनले जेरार्ड इरासमलाई आउट गरे। २२ बलमा दुई चौकासहित २० रन बनाएका उनलाई कप्तान साहले नै क्याचआउट गरेका हुन्।
१९.१ ओभरमा करण केसी १९ बल बनाएर आउट भए भने १९.३ ओभरमा दिपेश कँडेल शून्यमा आउट हुँदा काठमाडौँले सबै विकेट गुमाएर १०१ रन बनायो। साहव आलम ८ रनमा अविजित रहे। काठमाडौंले ११ अतिरिक्त रन प्राप्त गर्यो।
१०२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको जनकपुरको पहिलो विकेट लाहिरू मिलन्थाको गुम्यो। २० बलमा २ चौकासहित १६ रन बनाएका उनलाई कप्तान करण केसीले आउट गरेका हुन्। यतिबेला जनकपुरको ४.३ ओभरमा १८ रन बनेको थियो।
लगत्तै दोस्रो विकेट आशिफ शेखको गुम्यो। ९ बलमा दुई रन बनाएका उनलाई करण केसीले नै आउट गरेका हुन्। पावरप्लेमा जनकपुरले दुई विकेट गुमाएर २४ रन बनाएको थियो।
तेस्रो विकेट भने कप्तान अनिल साहको गुम्यो। १० बलमा एक चौकासहित ११ रन बनाएका उनलाई दिपेश कँडेलले एलबीडब्लू धराप पारे।
यतिबेला जनकपुरको ८.२ ओभरमा ३७ रन बनेको थियो। ९.४ ओभरमा साहव आलमको बलमा शुभ कंसाकार आउट भए। ७ बलमा एक चौकासहित ५ रन बनाएका उनलाई कँडेलले क्याच गरेका थिए।
१३.३ ओभरमा जेरार्ड एरास्मसले १७ बलमा एक चौका र तीन छक्कासहित २७ रन बनाएका जेम्स निसमलाई आउट गरे। यतिबेला जनकपुरको ७८ रन बनेको थियो।
त्यसपछि मोहम्मद मोहसिन र हर्ष थाकरले जनकपुरलाई जित दिलाए। मोहसिनले ७ बलमा तीन चौकासहित १३ रन र थाकरले २५ बलमा एक चौका र एक छक्काको मद्दतले २५ रन बनाउँदै अविजित रहे। जनकपुरले ५ रन एक्ट्रा प्राप्त गरेको छ।
यसरी जनकपुरले ६ खेलमा ५ जित एकमा हार बेहोर्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने काठमाडौंले ५ खेलमध्ये ३ मा हार र २ मा जित निकाल्दै पाँचौँ स्थानमा छ।