News Griha :: न्यूजगृह
आजको मौसम : तराई र उपत्यकामा हुस्सु र कुहिरो
दाङको घोराही उपमहानगरपालिका-१५ स्थित रतनपुर क्षेत्रमा बिहीबार लागेको बाक्लो हुस्सु र घोराही-तुलसीपुर सडक खण्ड । तस्बिर : कुलदीप न्यौपाने/रासस

काठमाडौं— हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। बिहान तराई तथा काठमाडौं उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरो लागेको छ।

गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो र राति पनि मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। काठमाडौं उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ। यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  ०७:३२
Weather Update