कैलाश सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओ र शाखा अधिकृतमाथि पनि अनुसन्धान हुने बिहीबार, जेठ १७, २०८१

जुम्लाका किसानलाई मार्सी धान रोपाइँको चटारो बिहीबार, जेठ १७, २०८१ जुम्लाका आठवटै स्थानीय तहका किसान हाल मार्सी धान रोपाइँमा व्यस्त छन्। मार्सी जुम्लामा मात्र उत्पादन हुने गरेको छ। तातोपानी गाउँपालिकाका स्थानीयबासी लक्ष्मी कार्कीका अनुसार जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर मार्सीको रोपाइँ हुने गरेको छ। केही समय यता मार्सी चामलको माग बढेपछि किसान उत्साहित भएर यसको खेतीमा लागेका छन्।

आज काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने बिहीबार, जेठ १७, २०८१ काठमाडौं उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढेको छ। गत मंगलबार २८ दशमलव ५ डिग्री सेल्सियस तापक्रम मापन भएकामा बुधबार त्यो बढेर ३३ दशमलव तीन डिग्री सेल्सियस पुगेको थियो। आज यहाँको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ।
-1714474494.jpg)
घरमा एक्लै रहेकी वृद्धाको हत्या: संलग्न २ जना पक्राउ बिहीबार, जेठ १७, २०८१ बिर्तामोड नगरपालिका–४ कालिका नगरका ६८ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। बिष्टको हत्या भएको २० दिनपछि घटनामा संलग्न भएको आरोपमा आज प्रहरीले बिर्तामोडका गङ्गा राजबंशी र महेश राजबंशीलाई पक्राउ गरेको हो। त्यसबारे विष्तृत जानकारी दिन आजै दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ।

जनकनन्दिनी बन्यो पूर्णखोप पालिका बिहीबार, जेठ १७, २०८१ धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकालाई पूर्णखोप गाउँपालिका घोषणा गरिएको छ। ६ वटा वडाको सो गाउँपालिकालाई बुधबार पूर्णखोप पालिका घोषणा गरिएको हो।

सुर्खेतमा जीप दुर्घटना, ४ जनाको मृत्यु बिहीबार, जेठ १७, २०८१ जीप सडकबाट ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार जीप राति दुर्घटना भएपनि बिहान मात्र उद्धार कार्य भएको थियो । जीपमा १० यात्रु रहेको प्रहरीले बताएको छ।

दोस्रो अभ्यास खेलमा नेपालले घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दै बिहीबार, जेठ १७, २०८१ आईसीसी को टी–२० वरियतामा नेपाल १७ औं तथा अमेरिका १९ औं स्थानमा रहेको टिम हो । क्यानडाविरुद्धको खेल गुमाएका दीपेन्द्रसिंह ऐरी आज अमेरिकाविरुद्ध खेल्ने छन् । विश्वकपकै अभ्यासका क्रममा वेस्टइन्डिजमा दीपेन्द्र घाइते भएकाले क्यानडाविरुद्धको खेल गुमाएका थिए।

सन् २०२३ मा विश्वभर साढे ११ सय जनालाई मृत्युदण्ड बिहीबार, जेठ १७, २०८१ विश्वभर सन् २०१५ पछि सबैभन्दा धेरै मृत्युदण्ड सन् २०२३ मा दिइएको एक तथ्यांकले देखाएको छ । एम्नेस्टी इन्टरनेशनलले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वभर मृत्युदण्डको सजाय दिइएको मध्ये सन् २०२३ मा सन् २०१५ यताकै सबैभन्दा ठूलो संख्या छ ।

यी पाँच प्रदेशमा आज मेघगर्जनसहित वर्षा बिहीबार, जेठ १७, २०८१ स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव तथा बंगलादेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण बिहीबार देशका केही भूभागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखा अनुसार बिहान कोशी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा मौसम आंशिकदेखि मुख्यतया सफा छ।

प्रहरीमा तीन डीआईजीको सरुवा, ४ को पदस्थापन बिहीबार, जेठ १७, २०८१ त्यस्तै, नवनियुक्त चार डीआईजीलाई पदस्थापन गरिएको छ। मनोज केसीलाई विशेष ब्युरोमा पदस्थापन गरिएको छ। डीआईजी दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा, कृष्णहरि शर्मा पोखरेललाई उपत्यका प्रहरी कार्यालय र राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको छ।
![भीमफेदी कार दुर्घटनाः तीन जनाको मृत्यु [अपडेट]](https://newsgriha.com/uploads/posts/death-body-death-1697010507.jpg)
भीमफेदी कार दुर्घटनाः तीन जनाको मृत्यु [अपडेट] बिहीबार, जेठ १७, २०८१ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता लक्ष्मी भण्डारीले भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा काठमाडौंबाट हेटौँडा आउँदै गरेको बा६च ९३७९ नम्बरको कार अनियन्त्रित भएर सडकबाट दुई सय ५० मिटर तल खसेको थियो।

अकुत सम्पत्ति कमाएका विकल पौडेललाई थुनामा पठाउने आदेश बुधबार, जेठ १६, २०८१ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकलविरूद्ध गत जेठ ९ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनीविरुद्ध परेका ४ वटै मुद्दामा दोषी ठहर भएका छन्।

रिहा भए कैलाश सिरोहिया बुधबार, जेठ १६, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टीका मधेस प्रदेश सदस्य इन्द्रजित महतोले दिएको जाहेरी धनुषा प्रहरीले गत वैशाख १७ मा जाहेरी दर्ता गरेको थियो। प्रहरीले सिरोहियालाई पक्राउ गर्न जेठ ८ मा अदालतबाट अनुमति लिएको थियो। अदालतले पक्राउ गर्न अनुमति दिएकै साँझ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोलीले कान्तिपुरको थापाथलीस्थित कार्यालयबाट...









