News Griha :: न्यूजगृह
प्रहरीमा तीन डीआईजीको सरुवा, ४ को पदस्थापन

काठमाडौं— नेपाल प्रहरीका ३ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा र ४ जनाको पदस्थापन भएको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले डीआईजीहरुको सरुवा तथा पदस्थापनको निर्णय गरेका हुन्।

कर्णाली प्रदेश प्रहरी कार्यालयमा अर्जुन चन्द ठकुरीलाई पठाइएको छ। कर्णालीमा कार्यरत डीआईजी लालमणि आचार्यलाई अवधि नपुग्दै हटाइएको छ। आचार्यलाई भरतपुरस्थित जुनियर प्रहरी शिक्षालयमा सरुवा गरिएको छ।

रामदत्त जोशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको छ। उनी विशेष ब्युरोमा कार्यरत थिए। 

त्यस्तै, नवनियुक्त चार डीआईजीलाई पदस्थापन गरिएको छ। मनोज केसीलाई विशेष ब्युरोमा पदस्थापन गरिएको छ। डीआईजी दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा, कृष्णहरि शर्मा पोखरेललाई उपत्यका प्रहरी कार्यालय र राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ०६:२१
Weather Update