News Griha :: न्यूजगृह
अकुत सम्पत्ति कमाएका विकल पौडेललाई थुनामा पठाउने आदेश

काठमाडौं— विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई थुनामा पठाउने आदेश गरेको छ।

विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको आजको इजलासले पौडेललाई थुनामा पठाउने आदेश गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकलविरूद्ध गत जेठ ९ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनीविरुद्ध परेका ४ वटै मुद्दामा दोषी ठहर भएका छन्।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  २०:५९
Weather Update