News Griha :: न्यूजगृह
उपेन्द्र, महन्थ र माधव नेपाललाई देउवाले बोलाए बूढानीलकण्ठ 
उपेन्द्र, महन्थ र माधव नेपाललाई देउवाले बोलाए बूढानीलकण्ठ  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३ दलका नेतालाई छलफलका लागि बोलाएएका छन्। 
बाढीले रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति
बाढीले रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा बाढीले क्षति पुर्‍याएको छ। ह्युम कन्सल्ट प्रालि पवर्द्धक रहेको आयोजनाको कालोखोलास्थित बाँध र इन्टेकमा बाढी पसेर क्षति पुगेको हो। 
ठूलो परिमाणमा नक्कली नोटसहित ४ जना पक्राउ 
ठूलो परिमाणमा नक्कली नोटसहित ४ जना पक्राउ  जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिणाममा नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको छ।  बुधबार बारा प्रहरीले उनीहरूलाई सार्वजनिक गर्दै सो कुरा जानकारी दिएको हो।
बजेटपछि आज के भयो शेयर बजार? 
बजेटपछि आज के भयो शेयर बजार?  मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भए पनि शेयर बजारमा भने सकारात्मक संकेत देखिएन। बजेट भाषणपछिको पहिलो कारोबार दिन बुधबार आज शेयर बजार दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक २३.८१ अंकले घट्दै २०८९.४२ को बिन्दुमा रह्यो। 
धन कमाउन विदेश गएका ती चारहजार नेपाली कहिल्यै फर्किने छैनन् 
धन कमाउन विदेश गएका ती चारहजार नेपाली कहिल्यै फर्किने छैनन्  धन कमाएर आउने र परिवारसँग सुखी जीवन बिताउने सुन्दर सपना बोकेर विदेश गएका हजारौँ युवा अब कहिले पनि फर्किने छैनन्।सुन्दै कहालीलाग्दो यो खबर आफन्त र गाउँघरका लागि कति पीडादायी हुँदो हो। अनुमान गर्न पनि कठिन छ। जतिसुकै कठोर खबर भए पनि यो अपत्यारिलो खबर भने होइन,  कटुसत्य हो।संवैधानिक...
जग्गासम्बन्धी विवादमा दाइको हत्या गर्ने भाइ पक्राउ
जग्गासम्बन्धी विवादमा दाइको हत्या गर्ने भाइ पक्राउ जग्गासम्बन्धी विवादमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ मानेगाउँमा भाइले दाजुको हत्या गरेको अभियोग लागेको छ। ७१ वर्षीय खमसिंह तामाङको हत्यामा उनकै भाइ ६७ वर्षीय सिंहबहादुर तामाङको संलग्नता रहेको अभियोगमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले आज नियन्त्रणमा लिएको हो।
नयाँ दिल्लीको तापक्रम हालसम्मकै उच्च
नयाँ दिल्लीको तापक्रम हालसम्मकै उच्च भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९.९ डिग्री सेल्सियस पुगेको छ। तापक्रम वृद्धिसँगै पानीको अभाव हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन्। भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले बुधबार नरेला र मुङ्गेशपुरस्थित दिल्लीका दुई उपनगरीय क्षेत्रमा उच्च तापक्रम मापन गरेको हो।मौसम विभागका अनुसार त्यहाँको तापक्रम अपेक्षाभन्दा नौ डिग्री...
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त 
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त  गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्। यसअघिका मुख्यमन्त्री एमालेका खगराज अधिकारीलाई पदमुक्त गर्दै सर्वोच्चले पाण्डेलाई ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। 
गुच्चाको गोली लागेपछि गाउँबाट बाँदर गायब
गुच्चाको गोली लागेपछि गाउँबाट बाँदर गायब कास्की जिल्लाको मादी गाउँपालिका–१२ लिपेयानीमा यतिखेर बाँदर देखिएका छैनन्। स्थानीय गिरेन्द्र गुरुङले आविष्कार गरेको बन्दुक पड्काएपछि यस क्षेत्रमा बाँदर देखिन छाडेका हुन्।‘रूखमा आएको बाँदर नियन्त्रणका लागि बन्दुक पड्काउँदा लागेको गुच्चाको गोलीले एउटा बाँदर घाइते भएको थियो,’ गुरुङले भने, ‘घाइते बाँदरसहित सम्पूर्ण बथान कराउँदै भागे त्यसपछि यस क्षेत्रमै देखापरेका छैनन्।’ 
बजेट निर्माणबारे अर्थमन्त्रीको अनुभवः म राति ३ बजे घर गएँ, अर्थसचिव म्याट्रेसमा सुत्नुभयो 
बजेट निर्माणबारे अर्थमन्त्रीको अनुभवः म राति ३ बजे घर गएँ, अर्थसचिव म्याट्रेसमा सुत्नुभयो  अर्थमन्त्री वर्षमान पुनले बजेटबारे प्रमुख प्रतिपक्षी दल, उद्योगी व्यवसायी लगायत सबैबाट सकारात्मक प्रतिक्रिया आएको बताएका छन्।मंगलबार संसद्मा बजेट प्रस्तुत गरेका अर्थमन्त्री पुनले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी बजेट निर्माणको दौरानका अनुभवनहरु सुनाउँदै सो कुरा बताएका हुन्। बजेट निर्माणका बेला आफू लगायत सचिवहरु र अन्य कर्मचारीहरु मन्त्रालयमा नै बसेको बताए। 
झापामा हुरीबतासले करोडौँको क्षति
झापामा हुरीबतासले करोडौँको क्षति गए राति वर्षा र चट्याङसहित आएको हुरीबतासले मेचीनगर नगरपालिकामा ठूलो क्षति गरेको छ। हुरीले बिजुलीको खम्बा ढालेपछि गए रातिदेखि मेचीनगर क्षेत्रको विद्युत् आपूर्ति बन्द भएको छ।
Weather Update