News Griha :: न्यूजगृह
कोशी विवादः केदार कार्कीले दायर गरेको रिट ‘हेर्न नभ्याइने’ सूचीमा 
फाइल तस्बिर

काठमाडौं— कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्व मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ। 

उक्त रिटको सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय मनोज शर्मा र सारंगा सुवेदीको इजलासमा पेसी तोकिएकोमा ‘हेर्न नभ्याइने’ मा राखिएको हो। 

कार्कीले दायर गरेको रिटबारे दोस्रो नम्बरमा पेसी तोकिएको थियो। केदार कार्कीलाई स्वत पदमुक्त गर्दै प्रदेश प्रमुख परशुराम खापुङले हिक्मतकुमार कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए। केदार कार्की पनि सोही उपधारा अनुसार गत असोज २७ मा नियुक्त भएका थिए।

कार्कीले रिटमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदमुक्त गरी आफूलाई निरन्तरता दिन माग गरेका छन्। केदारले दायर गरेको रिटमा सर्वोच्च अदालतले वैशाख २८ मा प्रतिवादीसँग जवाफ माग गरेको थियो। जेठ ९ मा अदालतले मुख्यमन्त्री नियुक्तिको प्रक्रियाको कागजात झिकाउने आदेश गरेको थियो।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १७:००
Weather Update