सुस्तामा हतियारसहित भारतीय सुरक्षाकर्मी प्रवेश, स्थानीयको प्रतिकारपछि फिर्ता शनिबार, कात्तिक १७, २०८१
पार्टी प्यालेसमा जुवा खेलिरहेका १० जना जुवाडे पक्राउ, १० लाख नगद बरामद शनिबार, कात्तिक १७, २०८१ विशेष सूचनाको आधारमा शुक्रबार राति विराटनगर महानगरपालिका–११ स्थितमा संगम पार्टी प्यालेसबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु शनिबार, कात्तिक १७, २०८१ बिर्तामोड–शनिश्चरे रोडमा पर्ने डाँस पुलनजिक शुक्रबार साँझ बा ४९ प २१५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ताप्लेजुङ श्रीजङ्घा गाउँपालिका–६ का २६ वर्षीय सन्तोष लिम्बूको मृत्यु भएको हो।
सर्लाहीको बरहथवामा भीषण आगलागी, पौने तीन करोड बराबरको क्षति शनिबार, कात्तिक १७, २०८१ आगलागीबाट नरेश साहले सञ्चालन गरेको राजवीर होलसेल किराना पसल, विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
मादलले बजार पाएपछि जुठे बादी प्रसन्न शनिबार, कात्तिक १७, २०८१ घोराही उपमहानगरपालिका–१४ झिंगौराका जुठे बादीलाई हिजोआज मादल बनाएर बिक्री गर्न भ्याइनभ्याइ छ। उनी यस वर्षको दसैँ र तिहारको हालसम्म नयाँ मादल बिक्री र पुराना मादलको मर्मत गरी रु डेढ लाख बढी आम्दानी गरेको बताउँछन्।
स्पेनमा भीषण बाढी: मृत्यु हुनेको संख्या २ सय नाघ्यो शनिबार, कात्तिक १७, २०८१ गत मंगलबार भ्यालेन्सिया नजिकैको चिभा सहरमा वर्षभरिमा पर्ने पानी आठ घण्टामै परेको थियो। बाढीबाट सडक, रेल मार्ग र पुल भत्किएका छन् । कैयौं फराकिला क्षेत्र जलाम्य भएका छन् । सडकहरूमा बाढीले बगाएर ल्याएका सवारीसाधनको थुप्रो छन् ।
भाइटीकाको दिन कुन-कुन ठाउँमा हुँदैछ वर्षा ? शनिबार, कात्तिक १७, २०८१ यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ ।
अमेरिकी डलरको भाउ स्थिर, अन्यको अवस्था के छ? शनिबार, कात्तिक १७, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ। शुक्रबारकै दररेट एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ।
अष्ट्रेलियालाई ११ रनले हराउँदै नेपाल हङकङ सिक्सेसको क्वार्टरफाइनलमा शनिबार, कात्तिक १७, २०८१ हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो। ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १०० रन मात्रै बनाउन सक्यो ।
काठमाडौंमा वायु प्रदूषण बढ्यो शनिबार, कात्तिक १७, २०८१ नेपालीहरुको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ। एयर क्वालिटी इन्डेक्स’ ले शुक्रबार साँझ काठमाडौको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६० रहेको जनाएको छ।
नेपाल संवत् ११४५ प्रारम्भ शनिबार, कात्तिक १७, २०८१ आजदेखि नेपाल संवत् ११४५ प्रारम्भ भएको छ। आज देशभर विविध कार्यक्रम आयोजना गरी नेपाल संवत् मनाइँदैछ। यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इ सं ८८००मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुआत गरेका हुन्।
के साँच्चै काठमाडौंमा पेट्रोल अभाव भएको होर? शनिबार, कात्तिक १७, २०८१ तिहारका बेला सवारी साधनमा पेट्रोल भर्न नपाएको गुनासो सर्वसाधारणले गरेका छन्। नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार निगमका तर्फबाट कुनै समस्या छैन र पेट्रोलको भण्डारण पर्याप्त मात्रामा छ। 'निगमको तर्फबाट केही समस्या छैन।
नेवार समुदाय आज म्हः पूजा पर्व मनाउँदै शनिबार, कात्तिक १७, २०८१ कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ। प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायले आत्म (म्हः) पूजा पर्व मनाउने गर्छन्।