सुनको मूल्य ४०० ले बढ्यो, चाँदीको स्थिर

काठमाडौं— आज सुनको भाउ ४०० रुपैयाँ प्रतितोलाले बढेको छ । आइतबार एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको हो ।
सुनको मूल्य आइतबार एकैदिन दुई हजार २०० ले घटेको थियो ।
यस्तै चाँदीको भने स्थिर मूल्य रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलाबाट २० रुपैयाँ घटेको चाँदी आज पनि सोही मूल्य एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको हो ।
प्रकाशित मिति: सोमबार, पुस १, २०८१ ११:१०