News Griha :: न्यूजगृह
नेपाल पत्रकार महासंघ बझाङमा दुई जना अध्यक्ष !

बझाङ — अध्यक्ष पदका दुई प्रतिस्पर्धीले बराबर मत प्राप्त गरेपछि कसले नेतृत्व गर्ने भन्ने विवाद टुंगिएको छ ।

शुक्रबार भएको मतदानमा अध्यक्ष पदका प्रत्यासी ढेपबहादुर विष्ट र ललितबहादुर सिंहले बराबर मत पाएपछि आधा आधा कार्यकाल आलोपालो अध्यक्ष हुने गरी विवाद सल्टिएको हो । दुवैले ३३/३३ मत ल्याएका थिए ।

गोला प्रथाबाट पहिलो आधा कार्यकाल विष्ट र दोस्रो आधा कार्यकालका लागि सिंहले नेतृत्व गर्ने गरी आइतबार साँझ सहमति गरिएको निर्वाचन समितिका सदस्य मोहन मल्लले जानकारी दिए ।

पत्रकार महासंघ बझाङको अधिवेशनले उपाध्यक्षमा रुपक खड्का, महिला उपाध्यक्ष तरुणा जोशी, सचिवमा प्रताप ओली, कोषाध्यक्षमा दोरेन्द्र खड्का, सहसचिवमा बिर्ख बोहरा र समी खत्रीलाई चयन गरेको छ ।

सदस्य पदमा तीन जना उम्मेदवारको बराबर ३० मत भए पछि गोलाप्रथाबाट गगन रावतलाई विजयी भएको घोषणा गरिएको निर्वाचन समिति सदस्य मल्लले बताए ।

महासंघको अन्य सदस्यमा सुरेस धामी, हिमाल धामी, सत्यराज सिंह, कल्पना उपाध्याय, शिवजी मण्डेल, शुभकामना रोकाया निर्वाचित भएका छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, पुस १, २०८१  ११:२३
Weather Update