रवि लामिछानेलाई अदालत उपस्थित गराइयो मंगलबार, पुस २, २०८१

अमेरिकी डलरको भाउ बढ्दा घट्यो युरो, यस्तो आजको सटही दर मंगलबार, पुस २, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकन डलरको मूल्य लगातार उकालो लाग्दै गएको देखिन्छ ।

संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको पदाधिकारी छान्न सर्च कमिटी असफल मंगलबार, पुस २, २०८१ संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगहरू सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी र सदस्य छान्न सर्च कमिटी असफल भएको छ।
-1734402144.jpg)
अमेरिकी विद्यालयमा छात्राले गरिन् दुईजनाको हत्या, ६ विद्यार्थी घाइते मंगलबार, पुस २, २०८१ प्रहरीले परिवारको सहयोगमा ती आक्रमणकारी युवतीमाथि अनुसन्धान गरिरहेको छ। आक्रमणकारी र घाइतेहरूको नाम भने खुलाइएको छैन । घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ।

यस्तो रहनेछ आज दिनभरको मौसम मंगलबार, पुस २, २०८१ देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा मंगलबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ।

यू– १९ महिला एसिया कप क्रिकेटमा आज नेपाल र भारत खेल्दै मंगलबार, पुस २, २०८१ खेल मलेसियाको वायुमास ओभलमा बिहान पौन १२ बजे सुरु हुनेछ। सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानको अन्डर १९ टिमलाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर फोरमा स्थान सुरक्षित गरेको हो।

साञ्जेन जलविद्युत् आयोजनाद्वारा व्यावसायिक उत्पादन सुरु मंगलबार, पुस २, २०८१ चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली व्यावसायिक रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको छ । सम्पूर्ण प्राविधिक परीक्षणलगायत काम सम्पन्न गरेर सोमबार साँझदेखि साञ्जेन जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा प्रवाह गरिएको हो ।
-1717758427.jpg)
लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा कति मागियो कैद सजाय ? सोमबार, पुस १, २०८१ प्रहरीले लामिछानेलाई सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद सजाय हुनुपर्ने राय दिएको छ । सहकारी ऐन, २०७४ को दफा १२२२ को उपदफा (छ), (ढ) र (त) विपरीत कसुर गरेको अनुसन्धानमा देखिएको भन्दै प्रहरीले सहकारी ऐन, २०७४ को दफा १२४ को उपदफा (१) को खण्ड (घ) को (४) (ङ) बमोजिम...

कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैनः एमाले महासचिव पोखरेल सोमबार, पुस १, २०८१ नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशका ठूला राजनीतिक दल मिलेर बनेको सरकार कसैले चाहेर पनि नढल्ने बताएका छन्। नेपाल निजामति कर्मचारी संगठनद्वारा आयोजित प्रथम विधान अधिवेशन तथा १८औं केन्द्रीय परिषद् बैठकमा महासचिव पोखरेलले वर्तमान सरकार बलियो भएको र कसैले चाहेर पनि नढल्ने बताएका हुन्।

केन्द्रीय अपराध अभिलेखालय स्थापना गर्दै प्रहरी सोमबार, पुस १, २०८१ नेपाल प्रहरीमा केन्द्रीय अपराध अभिलेखालय स्थापना गरिने भएको छ । संसदमा पेस गर्न लागिएको प्रहरी विधेयकमा केन्द्रीय अपराध अभिलेखालय स्थापना गर्ने उल्लेख गरिएको छ ।

बङ्गलादेशमा एक वर्षभित्र निर्वाचन हुने सोमबार, पुस १, २०८१ बङ्गलादेशमा आगामी एक वर्षभित्र निर्वाचन हुने सोमबार अन्तरिम नेतृत्वले जनाएको छ । बङ्गलादेशमा अगष्टमा विद्यार्थी आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरी बनेको कामचलाउ सरकारको नेतृत्व गरिरहेका अन्तरिम नेता मोहम्मद युनुसले आगामी वर्षको अन्त्य वा सन् २०२६ को सुरुमा आम निर्वाचन हुने बताएका हुन् ।

महिला यू–१९ एसिया कप: पाकिस्तानविरुद्ध नेपाल ६ विकेटले विजयी सोमबार, पुस १, २०८१ महिला यू–१९ एसिया कपमा नेपालले पाकिस्तानलाई छ विकेटले हराएको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा सोमबार पाकिस्तानले दिएको एक सय पाँच रनको लक्ष्य नेपालले १९ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो ।
-1719490472.jpg)
कुनैपनि पार्टीसँग एकता गर्ने सम्भावना छैन : एकीकृत समाजवादी सोमबार, पुस १, २०८१ भोलि सकिने स्थायी कमिटीले तत्काल कुनै पार्टीसँग एकता सम्भावना नरहेको निर्णय गर्ने उनले बताए । माओवादी केन्द्र सहितको समाजवादी मोर्चामा एकीकृत समाजवादी रहेकाले बेलाबेला पार्टी एकताको चर्चा हुने गरेको छ ।