एकीकृत समाजवादीले बनायो संविधान संशोधन कार्यदल मंगलबार, पुस २, २०८१

यू-१९ महिला एसिया कपको समूह चरणमा नेपाल अपराजित, भारतसँग अंक बाँड्यो मंगलबार, पुस २, २०८१ नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ३.१ ओभरमा २८-० को अवस्थामा खेल्दा पानी परेपछि खेल रोकिएको थियो । खेल त्यसपछि सुरू हुन सकेन र नतिजा नआएपछि अंक बाँडेका हुन् ।

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार मंगलबार, पुस २, २०८१ सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कुथेली बुखारी स्मल हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनी लिमिटेडको रू २२ करोड २४ लाख तीन हजार नौ सय ६४ बराबरको दुई लाख ६३ हजार कित्ता...

सांसद पत्नी कोइरालासहित २५ जनालाई अदालतमा उपस्थित हुन ३५ दिने म्याद मंगलबार, पुस २, २०८१ मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २५ जनालाई अदालतमा उपस्थित हुन म्याद जारी भएको छ ।

भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ : प्रधानमन्त्री मंगलबार, पुस २, २०८१ ‘देशको अवस्था सच्याउनु छ । सुधार गर्नुछ । देशलाई गरिबीबाट माथि उठाउनु छ । सुशासन दिनु छ । भ्रष्टाचार नियन्त्रण गर्नुछ,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ । देशमा सुशासन हुन्छ । जनतालाई दुःख दिन कर्मचारीहरूले पनि पाउँदैनन् । दिन हुँदैन ।’
-1734424564.jpg)
मस्कोमा भएको विस्फोटमा रुसी जनरलसहित २ जनाको मृत्यु मंगलबार, पुस २, २०८१ रुसी अधिकारीहरूका अनुसार विद्युतीय स्कुटरमा लुकाएर राखिएको डिभाइस पड्किएको हो । किरिलोभलाई युक्रेनमा रासायनिक हतियार प्रयोगमा नजरअन्दाज गरेको भन्दै बेलायतले प्रतिबन्ध लगाएको थियो ।

यू-१९ एसिया कप : नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य मंगलबार, पुस २, २०८१ एसीसी महिला यू-१९ एसिया कपमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालुम्पुरस्थित बायुमास क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको हो ।

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति मंगलबार, पुस २, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । मङ्गलबार न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछानेसहित छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई हिरासतमा राख्न म्याद थप गरेको हो ।

भारतमा बसेर नेपालमा सङ्गठित अपराध गर्दै आएको समूहका नाइके पक्राउ मंगलबार, पुस २, २०८१ मधेसका विभिन्न जिल्लामा चोरीका घटनामा संलग्न भारतीय डाँका सिरहाबाट पक्राउ परेका छन्। प्रहरीले शनिबार सिरहास्थित नेपालभारत सीमाक्षेत्रबाट भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसैनलाई पक्राउ गरेको हो।

सत्ता भीडले होइन, कानुनले चल्छ : गृहमन्त्री लेखक मंगलबार, पुस २, २०८१ गृहमन्त्री रमेश लेखकले शासनसत्ता भीडले नभई कानुनले चल्ने बताएका छन् । त्यस्तो भीड नियन्त्रण गर्ने दायित्व सुरक्षा निकायकै भएको पनि उनले बताएका छन् । पछिल्लो समय साइबर अपराध बढेको, भीडले सत्ता चलाउने प्रयास हुन थालेको बताउँदै गृहमन्त्री लेखकले त्यस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिए ।
-1729346267.jpg)
रवि लामिछानेलाई हिरासतमा राख्न आठौँ पटक म्याद थपिँदै मंगलबार, पुस २, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्ने भन्दै फेरी म्याद थप्ने तयारी गरिएको छ।जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीबाट प्राप्त अनुसन्धान प्रतिवेदन अध्ययन गरी अभियोजन पत्र तयार गर्न समय लाग्ने भन्दै फेरि म्याद थप्न लागेको हो।

प्रतितोला २ सयले बढ्यो सुनको मूल्य मंगलबार, पुस २, २०८१ सुनको मूल्य आइतबार एकैदिन प्रतितोला २ हजार २ सयले घटेको थियो । सोमबार ४ सयले वृद्धि हुँदा आज २ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
-1734412803.jpg)
राँगा र भैँसीको मासु चीन निर्यात गर्न सम्झौता मंगलबार, पुस २, २०८१ सम्झौता कार्यक्रममा बोल्दै कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले उक्त सम्झौता नेपाल–चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजिकरणको लागि कोशेढुङ्गा सावित हुने बताए।