News Griha :: न्यूजगृह
प्रतितोला २ सयले बढ्यो सुनको मूल्य

काठमाडौं — नेपाली बजारमा आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

सोमबार १ लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज १ लाख ५१ हजार ४ सय रुपैयाँ प्रतितोला पुगेको हो ।

सुनको मूल्य आइतबार एकैदिन प्रतितोला २ हजार २ सयले घटेको थियो । सोमबार ४ सयले वृद्धि हुँदा आज २ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य भने आइतबारदेखि नै स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ हजार ८६० रुपैयाँ प्रतितोलाबाट २० रुपैयाँ घटेको चाँदीको मूल्य त्यसपछि १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  ११:३५
Weather Update