News Griha :: न्यूजगृह
महिला यू–१९ एसिया कप: पाकिस्तानविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं— महिला यू–१९ एसिया कपमा नेपालले पाकिस्तानलाई छ विकेटले हराएको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा सोमबार पाकिस्तानले दिएको एक सय पाँच रनको लक्ष्य नेपालले १९ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो । 

नेपालका लागि कप्तान पुजा महतोले ४७ बलमा तीन चौकाको मद्दतले ४७ रन बनाएकी हुन्। यस्तै, सोनी पाख्रिनले १३, सिमाना केसीले १२, साना प्रवीणले १० र सावित्री धामीले ८ रनको योगदान दिइन् । नेपालले अतिरिक्त १५ रन पायो । 

बलिङतर्फ पाकिस्तानकी फातिमा खान र क्वारातुलेनले समान एक–एक विकेट लिए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय चार रन बनाएको थियो ।  पाकिस्तानका लागि कोमल खानले ४४ बलमा दुई चौकासहित ३८ रन बनाइन् । यस्तै, महम अनीसले नटआउट २९, रवैल फरहानले १३, कप्तान जोफिशन अय्याजले १२, फातिमा खानले नटआउट छ रन बनाइन् भने अरीशा अन्सारीले एक रन जोडिन् । 

बलिङतर्फ नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक दुई विकेट लिइन् । यस्तै, रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले एक–एक विकेट लिए । यो सँगै नेपाल सुपर फोरमा प्रवेश गरेको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १८:५३
Weather Update