करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु सोमबार, असार ३, २०८१

बर्लिनमा राष्ट्रपति पौडेलको स्वागत सोमबार, असार ३, २०८१ राष्ट्रपति पौडेलको सम्मानमा आयोजित समारोहमा प्रथम महिला सविता पौडेल, भ्रमण दलका सदस्य र जर्मनस्थित नेपालीको सहभागिता थियो। सो अवसरमा राष्ट्रपति पौडेलले एक पटकको नेपाली सधैँको नेपाली रहेको धारणा व्यक्त गर्दै संसारमा जहाँ रहे पनि आफ्नो माटो र मातृभूमिलाई कहिल्यै नबिर्सन आग्रह गरे।

पहिरोले मुग्लिन–मलेखु खण्ड अवरुद्ध सोमबार, असार ३, २०८१ सडक निर्माणका क्रममा खनेका ठाउँमा सोमबार बिहान पहिरो खस्दा राजमार्गमा सवारी साधान आवत जावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिइन्। उनले अहिले पहिरो पन्छाउने काम जारी रहेको बताइन्।

बंगलादेशविरुद्ध नेपाली बलरको शानदार प्रदर्शन, जितका लागि पायो १ सय ७ रनको लक्ष्य सोमबार, असार ३, २०८१ नेपाली बलरहरूले फेरि एकपटक शानदार बलिङ प्रदर्शन गरे। आजको खेलमा सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रियमा कीर्तिमानी १ सयौँ विकेट पूरा गरेका छन्। अफगानिस्तानका रासिद खानपछि उनले सबैभन्दा चाँडो यो उपलब्धि हासिल गरेका हुन्। ४ ओभर बलिङ गर्दै सन्दीपले २ विकेट लिए। यस क्रममा उनले एक मेडेन राख्दै मात्र १७ रन खर्चिए।

आज वक्र ईद मनाइँदै, सार्वजनिक बिदा सोमबार, असार ३, २०८१ मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व वक्र ईद (उल–अजाह) सोमबार मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने परम्परा छ।

यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान सोमबार, असार ३, २०८१ हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
-1717484659.jpg)
काठमाडौंमा राति २ बजेदेखि वर्षा सोमबार, असार ३, २०८१ मौसमविद् प्रधानांगका अनुसार काठमाडौंमा भएको वर्षा मनसुनी वर्षा होइन। ‘यो स्थानीय वायुबाट विकसित प्रणालीबाट भएको वर्षा हो,’ उनले भने, ‘मनसुनले होइन, पोखरामा विकसित स्थानीय वायुको प्रणाली पूर्व सर्दै काठमाडौँमा वर्षा भएको हो, यो अझै पूर्व सर्दै छ, अब काठमाडौं उपत्यकामा पनि केही समयपछि वर्षा रोकिने सम्भावना छ।’

मिडिया काउन्सिल विधेयकभित्र लुकेको सरकारको नियत आइतबार, असार २, २०८१ सरकारले मिडिया काउन्सिल सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस गरेको छ। यतिबेला यो विधेयक विधायन समितिमा छलफलमा छ। यो त्यही विधेयक हो, जसका लागि अघिल्लो वर्ष सरकार आफैँले एउटा उच्चस्तरीय समिति बनाएर मस्यौदा गर्न लगाएको थियो। त्यो समितिमा नेपाल पत्रकार महासङ्घका अध्यक्षसहित तीन पूर्व अध्यक्ष र एक विज्ञसहित पाँच जना थिए।

नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित ५ जना पक्राउ आइतबार, असार २, २०८१ वन मन्त्रालयका उपसचिव केशव अर्याल, यातायात व्यवस्था कार्यालय, नवलपरासीका पदमराज आचार्य, लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत सुवास पौडेल, जनकपुरका दिलिपकुमार शाह र चितवनका राजेश लम्साल पक्राउ परेका एक अधिकारीले जानकारी दिए।

निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस आइतबार, असार २, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहने परिषदमा विपक्षी दलका नेता शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र उपसभामुख राना सदस्य छन्।

खेलकुदमन्त्री श्रेष्ठको सय दिन : खेल क्षेत्र चलायमान बनाएको दाबी आइतबार, असार २, २०८१ उनले आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो सय दिनको कामलाई समीक्षात्मक रुपमा प्रस्तुत गरेका हुन् । खेलाडीहरूलाई खेलमैदानसँग जोडिरहन र खेलकुद प्रतियोगिताका कार्यक्रमलाई पारदर्शी तथा योजनाबद्ध बनाउन राष्ट्रिय खेलकुद परिषद् तथा राष्ट्रिय खेल संघद्वारा वर्षभरिमा सञ्चालन गरिने खेलकुद प्रतियोगिताहरूको आर्थिक वर्ष २०८१/८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरिएको उनले बताएका छन्...

टी२० विश्वकप क्रिकेटः समूह चरणको अन्तिम खेलमा भोलि नेपालले बंगलादेशको सामना गर्दै आइतबार, असार २, २०८१ संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जारी नवौं संस्करणको टी–२० विश्वकप सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार बिहान आईसीसीको पूर्णकालिन राष्ट्र बंगलादेशको सामना गर्दैछ।दक्षिण अफ्रिकासँग एक रनको पीडादायी हार व्यहोरेर एक खेल अगावै विश्वकपको समूह चरणबाटै बाहिरिइसकेको नेपाल टेष्ट राष्ट्रलाई हराएर इतिहास रच्ने लक्ष्यसहित मैदान उत्रने छ भने बंगलादेश...

चलचित्र निर्देशक सुदर्शन थापासहित ३ जनाविरुद्ध मुद्दा दायर, डेढ करोड ठगेको अभियोग आइतबार, असार २, २०८१ चलचित्र निर्देशक सुदर्शन थापाले १ करोड ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।यस मुद्दामा थापासँगै ओमप्रकाश अग्रवाल र मिलनकुमार श्रेष्ठलाई पनि अभियुक्त कायम भएका छन्।









