नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित ५ जना पक्राउ

काठमाडौं— नक्कली लाइसेन्स विवरणबारे छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उपसचिवसहित ५ जनालाई पक्राउ परेको छ।
वन मन्त्रालयका उपसचिव केशव अर्याल, यातायात व्यवस्था कार्यालय, नवलपरासीका पदमराज आचार्य, लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत सुवास पौडेल, जनकपुरका दिलिपकुमार शाह र चितवनका राजेश लम्साल पक्राउ परेका सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।
उनीहरुले फर्जी विवरणहरु ईन्ट्री गरी सोका आधारमा गैरकानुनी तवरले सवारीचालक अनुमतिपत्र जारी भएको पाइएको सीआईबीले जनाएको छ ।
पक्राउ परेका पाँचै जनाविरुद्ध लिखत सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि ५ दिनको म्याद थप भइ अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार २, २०८१ २०:४२













