News Griha :: न्यूजगृह
असार लाग्दा पनि परेन पानी, खडेरीले बारीमै सुक्न थाले मकै 
असार लाग्दा पनि परेन पानी, खडेरीले बारीमै सुक्न थाले मकै  असार लागिसक्दा पनि वर्षा नभएपछि खडेरीका कारण बारीमा लगाएका मकै नपसाउँदै सुक्न थालेका छन्। मकै लगाउने समय (फागुन–चैत) मा पनि वर्षा नभएकाले ढिलो गरी बारीमा मकै रोपेका म्याग्दीका किसान असार लागिसक्दा पनि राम्रोसँग वर्षा नभएपछि चिन्तित छन्। 
औरही बाबाको दर्शन गर्न जाने भन्दै श्रीमतीको हत्या, श्रीमान पक्राउ 
औरही बाबाको दर्शन गर्न जाने भन्दै श्रीमतीको हत्या, श्रीमान पक्राउ  श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका ३८ वर्षीय राजुनारायण यादव रहेका छन्। राजुकी श्रीमती ३६ वर्षीया रुबी यादवको हत्या उनैले गरेको खुल्न आएको प्रहरीले जनाएको छ। 
रुसका दुई जेल कर्मचारीलाई आईएस कैदीले बनाए बन्धक
रुसका दुई जेल कर्मचारीलाई आईएस कैदीले बनाए बन्धक दक्षिणी रसियाको रोस्तोभको जेलमा इस्लामिक स्टेट (आईएस) का कैदीहरूले दुई जना जेलका कर्मचारीलाई बन्धक बनाएको रोस्तोभ जेलले आइतबार घोषणा गरेको छ। 
चालु आर्थिक वर्षको ११ महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च 
चालु आर्थिक वर्षको ११ महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च  चालु आर्थिक वर्ष २०८०–८१ को ११ महिना अवधिमा सरकारको विकास खर्च ४४ दशमलव ६७ प्रतिशत मात्रै देखिएको छ। यही अवधिमा सरकारले चालुतर्फ वार्षिक लक्ष्यको ७२ दशमलव छ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७२ दशमलव सात प्रतिशत बराबर बजेट खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
दलको झण्डाका आधारमा कर्मचारी राख्ने र फाल्ने प्रवृत्ति रहेको भन्दै संसद्मा आक्रोश 
दलको झण्डाका आधारमा कर्मचारी राख्ने र फाल्ने प्रवृत्ति रहेको भन्दै संसद्मा आक्रोश  नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले दक्षताको आधारमा होइन राजनीतिक दलको झण्डाका आधारमा कर्मचारीहरुलाई राख्ने र हटाउने प्रवृत्ति बढेको आरोप लगाएका छन्। 
भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग
भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग जिल्लाको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन्।
भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता २ जनाको शव फेला 
भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता २ जनाको शव फेला  भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदीमा बेपत्ता उनीहरुको शव सशस्त्र प्रहरीको गोताखोरको टोलीले निकालेको हो। 
 सास्तीमा छन् निसेलढोरबासी
 सास्तीमा छन् निसेलढोरबासी काठैकाठले बनेका घर, ढुङ्गाका पर्खालले घेरिएका आलु बारी, बीचबीचमा स्याउका बोट, आफ्नै खाम भाषा, आफ्नै रीतिरिवाज र परम्परा, भिरालो जमिनमा टक्क मिलेर बसेको बस्ती, यस क्षेत्रमा पुग्ने जो कोहीलाई टाढैबाट आकर्षित गर्ने गन्तव्य हो। 
पाप मोचन गर्ने धार्मिक विश्वासमा गङ्गादशहरा पर्व मनाइँदै
पाप मोचन गर्ने धार्मिक विश्वासमा गङ्गादशहरा पर्व मनाइँदै ज्येष्ठ शुक्ल दशमीका दिन विशेष रुपमा मनाइने गङ्गादशहरा पर्व आज स्नान, पूजा, आराधना गरी मनाइँदैछ। ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म वाग्मतीलगायत देशभरका विभिन्न तीर्थमा गङ्गादशहरा मेला लाग्ने गर्दछ। दश दिन नभ्याउनेले भने आज विशेषरुपमा स्नान, पूजा एवं आराधना गरी पर्व मनाउने सनातनी परम्परा छ।
राज्य व्यवस्था समितिमा ‘एनजीओ’ को खाजा, गृहमन्त्री हिँडेपछि स्थगित भयो बैठक 
राज्य व्यवस्था समितिमा ‘एनजीओ’ को खाजा, गृहमन्त्री हिँडेपछि स्थगित भयो बैठक  गैरसरकारी संस्था ‘एनजीओ’ को खाजाले प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित हुन पुग्यो। आइतबार बिहान ८ बजेका लागि बैठक बोलाइएको थियो। उक्त बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने समेत उपस्थित रहेका थिए।  ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा...
मनकामना केबलकार ५० दिन बन्द हुने
मनकामना केबलकार ५० दिन बन्द हुने  नेपालको पहिलो केबुलकार मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ। केबलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ।
ताप्लेजुङमा बाढी पहिरोको वितण्डा: दर्जनौँ परिवार विस्थापित
ताप्लेजुङमा बाढी पहिरोको वितण्डा: दर्जनौँ परिवार विस्थापित निरन्तर वर्षाका कारणले ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन्।गत बुधबार यता निरन्तर हुँदै आएको वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुर्‍याउँदा दर्जनौँ परिवार विस्थापित भएका हुन्। गएराति  मिक्वाखोला गाउँपालिका–५ ताङखु गाउँमा सात किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार...
Weather Update