चितवनमा सुन पसलमा लुटपाट आइतबार, असार २, २०८१

क्याम्पस प्रमुख हत्याको विरोधमा आज देशभरका सामुदायिक क्याम्पस बन्द आइतबार, असार २, २०८१ शुक्रबार साँझ बाराको रामराजा (मोहनविक्रम शाह) बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या भएको विरोधमा नेपाल पब्लिक क्याम्पस संघले शनिबार विज्ञप्ति जारी गर्दै हत्यारा पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन माग गर्दै देशभरका सामुदायिक क्याम्पस बन्द गर्ने घोषणा गरेको थियो।

कुरिलो खेतीबाट एकै याममा सात लाख मुनाफा आइतबार, असार २, २०८१ उनले ५० कठ्ठामा कुरिलो खेती गरेका छन्। ‘यो कुरिलोको सिजन हो, टिप्ने, मुठा पार्ने बजार र पठाउने काममा व्यस्त भइन्छ,’ उनले भने। दैनिक ८० देखि एक सय केजीसम्म कुरिलो उत्पादन हुने गरेको उनले बताए। मोक्तानले उत्पादन गरेको कुरिलो स्थानीय बजारका साथै नारायणगढ, पोखरा र काठमाडौंमा खपत हुने गरेको छ।

सम्बन्धविच्छेद गराइदिएको भन्दै पाकिस्तानमा प्रहरीले गरे दुई वकिलको हत्या आइतबार, असार २, २०८१ गोली प्रहारबाट जिल्ला बार अटकका पूर्वअध्यक्ष इसरार अहमद र जुलिफिकार मिर्जाको मृत्यु भएको पाकिस्तानका सञ्चारमाध्यमले जनाएका छन्।

भेरी नदीमा पौडी खेल्न गएका दुई जना बेपत्ता आइतबार, असार २, २०८१ शनिबार दिउँसो पौने ४ बजेबाट उनीहरू बेपत्ता भएको डीएसपी विश्वकर्माले जानकारी दिए।

काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत अवरूद्ध हुने आइतबार, असार २, २०८१ काठमाडौंका विभिन्न स्थानमा आइतबारदेखि सात दिनसम्म बिजुली अवरूद्ध हुने भएको छ। विद्युत् प्राधिकरणअन्तर्गतको काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले सूचना जारी गर्दै काठमाडौंका विभिन्न वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा दैनिक ४ घण्टा बिजुली अवरूद्ध हुने जनाएको हो।

दक्षिणी गाजामा भएको विष्फोटमा ८ इजरायली सैनिकको मृत्यु आइतबार, असार २, २०८१ इजरायल डिफेन्स फोर्सका अनुसार यी सबै सैनिकहरू नामर नामको आर्मर्ड कम्ब्याट इन्जिनियरिङ भेहिकल (सीईभी) भित्र भएका बेला शनिबार विस्फोट भएको थियो।

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार?, हेर्नुहोस् सूची आइतबार, असार २, २०८१ आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य यथावत छ। अर्थात् हिजो कारोबार भएकै मूल्यमा आज पनि धेरैजसो विदेशी मुद्राको कारोबार हुनेछ।

टी–२० विश्वकपः समूहचरणको अन्तिम खेलमा इङ्ग्ल्याण्ड विजयी, भारत र क्यानडाको खेल रद्द आइतबार, असार २, २०८१ आईसीसी टी–२० विश्वकप क्रिकेटको डिफेन्डिङ च्याम्पियन इङ्ग्ल्याण्डले समूह चरणको अन्तिम खेलमा जित निकालेको छ।शनिबार राति भएको शनिबार राति भएको वर्षाले प्रभावित खेलमा नामिबियालाई ४१ रनले पराजित गरेको हो।

युरोकप: स्पेनलाई क्रोएसियामाथि सहज जित, इटालीसँग अल्बानिया २–१ ले पराजित आइतबार, असार २, २०८१ युरोकप फुटबलमा स्पेनले क्रोएसियामाथि सहज जित निकालेको छ। जर्मनीमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘बी’को पहिलो खेलमा स्पेनले क्रोएसियालाई ३–० गोल अन्तरले पराजित गरेको हो।

प्रतिनिधिसभा बैठकमा आज पनि विनियोजन विधेयकमाथि छलफल आइतबार, असार २, २०८१ प्रतिनिधिसभा बैठक आइतबार पनि बस्दै छ। बिहान ११ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा बजेटमाथि मन्त्रालयगत छलफल जारी रहनेछ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुनेछ।

राष्ट्रपति पौडेल बर्लिनमा, भोलि जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता आइतबार, असार २, २०८१ २०४३ सालपछि राष्ट्रप्रमुखको तहमा नेपालबाट भएको यो पहिलो भ्रमण हो। नेपाल र जर्मनीबीच २०१४ साल चैत २२ गते कूटनीतिक सम्बन्ध स्थापना भएको हो। त्यसयता दुई देशबीचको सम्बन्ध आपसी समझदारी र सहयोगका आधारमा प्रगाढ बन्दै गएको छ। राष्ट्रपति पौडेल यही असार ५ गते स्वदेश फर्कन कार्यक्रम छ।

यी स्थानमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम? आइतबार, असार २, २०८१ जसको प्रभावले कोशी र मधेस प्रदेशमा साधारणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली भई बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस र बाग्मती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।









