भारतमा बाढीको वितण्डाः ४७० गाउँ डुवानमा, मृत्यु हुनेको संख्या ३१ पुग्यो बुधबार, असार ५, २०८१

किसानले किन पाएनन् दूधको भुक्तानी? बुधबार, असार ५, २०८१ करिब ७ महिनादेखि दूधको भुक्तानी नपाएको भन्दै किसानहरुले आन्दोलन गरेका छन्। विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका किसानहरुले समस्या समाधान नभएपछि काठमाडौंमा आएर आन्दोलन गरेका हुन्।

कांग्रेसले बोलायो संसदीय दलको बैठक बुधबार, असार ५, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ।

शेयर बजारमा सामान्य अंकको वृद्धि बुधबार, असार ५, २०८१ लगातार घटेको शेयर बजारमा बुधबार भने सामान्य बढोत्तरी छ। नेप्से परिसूचक २.२७ अंकले बढ्दै २०७८.७६ बिन्दुमा रहँदा ७२ लाख ९ हजार ७५७ कित्ता शेयर किनबेच भएको छ। कारोबार रकम ३ अर्ब ४० करोड ४३ लाख रुपैयाँ छ।
-1715587166.jpg)
नीति तथा कार्यक्रम अनुसार बजेट नआएको भन्दै कोशी प्रदेश सभामा अवरोध बुधबार, असार ५, २०८१ कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको आजको बैठक प्रदेशसभामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिष्कार गरेका छन। कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२५ (४) बमोजिम आर्थिक वर्ष २०८१–८२ को आर्थिक विधेयकमाथि सभामा छलफल हुने बैठकको कार्य सूची थियो।

संसद् भवनमा प्रहरी जवानको आत्महत्या प्रकरणमा नयाँ ‘ट्वीस्ट’ बुधबार, असार ५, २०८१ संघीय संसद् भवन नयाँ बानेश्वरमा कार्यरत प्रहरी जवानले भिडिओ कल गरेर आफैँमाथि गोली चलाएको खुल्न आएको छ। बुधबार बिहान संसद् भवनको पश्चिमतर्फको २ नम्बर गेटमा सुरक्षार्थ खटिएका प्रहरी जवान अजित गोलेले आफैँमाथि गोली चलाएका हुन्। उनको मृत्यु भइसकेको र शव पोस्टमार्टका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज राखिएको छ।
-1718700997.jpg)
सहकारी ठगी प्रकरणः संसदीय छानबिन समितिले गर्यो कानुनी परामर्श बुधबार, असार ५, २०८१ सहकारीको बचत रकम अपचलनका विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले कानुनी परामर्श गरेको छ। यसअघि मंगलबार समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी विभाग लगायत सम्बन्धित पक्षसँग परामर्श गरेको थियो। आज कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोग लगायत सरोकारवालासँग छलफल गरेको हो।
![न्यायालयको साख गिर्दो छ भन्ने भाष्य निर्माण गर्नु सर्वथा गलत हो- पूर्वप्रधानन्यायाधीश श्रेष्ठ [कुराकानी]](https://newsgriha.com/uploads/posts/kalyan-shrestha-1718787808.jpg)
न्यायालयको साख गिर्दो छ भन्ने भाष्य निर्माण गर्नु सर्वथा गलत हो- पूर्वप्रधानन्यायाधीश श्रेष्ठ [कुराकानी] बुधबार, असार ५, २०८१ २०३२ साउन १ गते शाखा अधिकृतका रुपमा नेपाल सरकारको सेवा प्रवेश गरेका कल्याणकुमार श्रेष्ठ जिल्ला र उच्च हुँदै सर्वोच्च अदालतको न्यायाधीश बने। उनी २०७२ असार २३ मा नेपालको प्रधानन्यायाधीशमा नियुक्त भएका हुन्। २०७२ चैत ३० गतेसम्म प्रधानन्यायाधीशका रुपमा नेपालको सर्वोच्च न्यायालयको नेतृत्वमा रहेका पूर्वप्रधानन्यायाधीश श्रेष्ठ २००८ वैशाख १ गते जन्मिएका...

२४ वर्षपछि प्योङयाङमा पुटिन, युद्धमा पूर्ण सहयोग गर्ने ‘उन’को प्रतिबद्धता बुधबार, असार ५, २०८१ उत्तर कोरियाले युक्रेन र रसियाबीच जारी युद्धमा रसियाको पक्षमा आफ्नो पूर्ण समर्थन रहेको घोषणा गरेको छ। आज प्योङयाङमा भएको दुई देशका शीर्ष नेताहरुको शिखर वार्तामा उत्तर कोरियाली नेता किम जोङ–उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यस्तो बचन दिएका हुन्।

रामहरिको प्रश्नः पार्टी सदस्यता नविकरण गरेर पूर्व राष्ट्रपतिले राज्यबाट सुविधा लिन मिल्छ? बुधबार, असार ५, २०८१ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता र पार्टी सदस्यता नविकरणबारे संसद्मा प्रश्न उठेको छ। बुधबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले भण्डारीको पार्टी सदस्यता नविकरण भएको भन्दै प्रश्न उठाएका हुन्।

रघुजीको प्रस्तावः नेपाल–भारत सीमामा काँडेतार लगाऔैँ, पासपोर्ट सिस्टममा जानेबारे सोचौँ बुधबार, असार ५, २०८१ तराईका जिल्लाहरुमा हत्या हिंसासम्बन्धी घटना बढेपछि त्यसको निराकारणका लागि भारतसँगको खुला सीमामा कडाइ गर्नुपर्ने आवाज उठेको छ। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले तराईमा पारी (भारत) बाट आएका व्यक्तिहरु हत्या हिंसामा संलग्न रहने गरेको भन्दै त्यसको निराकरणमा ध्यान दिन आग्रह गरे।उनले अहिले तत्कालै पासपोर्ट सिस्टममा...

ताप्लेजुङमा बाढीपहिरोबाट ८१ परिवार विस्थापित बुधबार, असार ५, २०८१ ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन्। एक साताको अवधिमा पहिरोमा परेर पाँचजनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए। उनका अनुसार यहाँका आठ घर पूर्णरुपले क्षति भएका छन् भने १८ घर उच्च जोखिममा छन्। जिल्लाका विभिन्न स्थानका ५५...

कवाड व्यवसायीको आन्दोलनबारे संसद्मा कुरा उठ्यो, घाइतेको निःशुल्क उपचार गर्न माग बुधबार, असार ५, २०८१ प्रतिनिधि सभाको बैठकमा आन्दोलनका क्रममा मंगलबार घाइते भएका कवाड व्यवसायीहरुको निःशुल्क उपचारको व्यवस्था गर्न सांसदहरुले माग गरेका छन्।









