News Griha :: न्यूजगृह
शेयर बजारमा सामान्य अंकको वृद्धि 

काठमाडौं— लगातार घटेको शेयर बजारमा बुधबार भने सामान्य बढोत्तरी छ। नेप्से परिसूचक २.२७ अंकले बढ्दै २०७८.७६ बिन्दुमा रहँदा ७२ लाख ९ हजार ७५७ कित्ता शेयर किनबेच भएको छ। कारोबार रकम ३ अर्ब ४० करोड ४३ लाख रुपैयाँ छ। 

यसअघि कारोबार विस्तारै ओरालो लागेको थियो। मंगलबार बजार परिसूचक १८.७६ अंकले घट्दै २०७६.४९ को बिन्दुमा रहँदा ९५ लाख ४४ हजार ७३४ कित्ता शेयर ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँमा किनबेच भएको थियो। 

त्यसअघि गत आइतबार बजार १७.०४ अंकले घट्दै २०९५.२५ बिन्दुमा रहँदा १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको थियो। 

१३ उपसमूहमा बुधबार फाइनान्स, वाणिज्य बैंक, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूह बढेका छन्। फाइनान्स उपसमूह २.६२ प्रतिशतले बढ्दा नेपाल फाइनान्स ९.९९ प्रतिशतले बढ्दै सर्किटस्तरमा पुगेको छ। १३५ कम्पनीको शेयरमूल्य बढेको छ। नेपाल फाइनान्ससँगै समाज लघुवित्त, कुथेली बुखारी साना जलविद्युत, मन्दाकिनी हाइड्रोपावर, सामलिङ पावर लगायतका कम्पनीको शेयरमूल्य बढेको छ। 

नेपाल फाइनान्स कारोबारमा पनि अगाडि छ। उक्त कम्पनीको २० करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यस्तै गोर्खाज फाइनान्सको ९ करोड ६६ लाख, ग्लोबल आइएमई लघुवित्तको ८ करोड ९९ लाख, सीक्ष्डीबी हाइड्रोपावरको ७ करोड ७४ लाख, हिमालयन लघुवित्तको ७ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ। 

१०४ कम्पनीको शेयर मूल्य घट्दा मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ता सर्वाधिक ९.८८ प्रतिशतले नोक्सानमा रहे। ८ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १५:४४
Weather Update