पृथ्वी राजमार्ग एकतर्फी खुल्यो मंगलबार, पुस ९, २०८१
-1735046846.jpg)
काठमाडौं उपत्यकामा वर्षा मंगलबार, पुस ९, २०८१ पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यका सहित सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भूभागमा वर्षा भएको छ। काठमाडौंमा अहिले सिमसिम पानी परिरहेको छ । काठमाडौं उपत्यकामा मङ्गलबार पहिलो हिउँदे वर्षा भएको हो।

हातखुट्टा बाँधिएको अवस्थामा अचेत भेटिइन् एक महिला मंगलबार, पुस ९, २०८१ मोरङमा हातखुट्टा बाँधिएको अवस्थामा एक जना महिला अचेत भेटिएकी छन्। मंगलबार मध्यान्हमा कटहरी गाउँपालिका-२ स्थित बाँसको झ्याङमा एक जना महिला अचेत भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

नेपालगञ्ज शीतलहरको चपेटामा, चिसोले दैनिक जीवन प्रभावित मंगलबार, पुस ९, २०८१ ठण्डी बढेपछि केटाकेटी र वृद्धहरू बिरामी पर्न थालेको स्थानीय स्वास्थ्य संस्थाले जनाएका छन्। बाँके जिल्ला प्रशासन कार्यालयले शीतलहर चलेर चिसो बढेपछि बाँकेका सबै पालिकालाई शीतलहरमा सर्वसाधारणलाई जोगाउन विभिन्न उपाय अपनाउन आग्रह गरेको छ।

तनावमा अल्लू अर्जुन मंगलबार, पुस ९, २०८१ ४ डिसेम्बरमा सन्ध्या थिएटरमा ‘पुष्पा २’को प्रिमियर राखिएको थियो। उनीहरूलाई उक्त थिएटरमा अल्लू अर्जुन आउँदैछन् भन्ने थाहा भयो । त्यसपछि त्यहाँ भागदौड मच्चियो । भागदौडका क्रममा एक महिलाको मृत्यु भयो भने र एक बच्चा गम्भीर घाइते भए । यस घटनालाई लिएर अल्लू अर्जुनलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो ।

मन्त्रिपरिषद् बैठक बस्दै मंगलबार, पुस ९, २०८१ एमाले सांसद सूर्य थापा नेतृत्वको समितिले सहकारी संस्थाको समस्या समाधानका लागि सहकारी प्राधिकरण गठन गर्न सुझाव दिएको थियो । समितिले सहकारी विभाग र बोर्ड खारेज गर्न पनि सुझाएको थियो ।

कास्की अदालतमा छविको बयान सकियो मंगलबार, पुस ९, २०८१ पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका छविलाल जोशीको बयान सकिएको छ ।सोमबारदेखि सुरु भएको पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्व उपाध्यक्ष जाेशीको बयान मंगलबार दिउँसो सकिएको हाे ।

वाइडबडी घोटाला : नेपालीलाई घुस खुवाउने अमेरिकी कम्पनीलाई ५५ मिलियन डलर जरिवाना मंगलबार, पुस ९, २०८१ वाइडबडी विमान घोटाला प्रकरणमा नेपाली पक्षलाई घुस खुवाउने अमेरिकी कम्पनीलाई ५५ मिलियन डलर (सात अर्ब ४९ करोड २६ लाख रुपैयाँभन्दा बढी) जरिवाना गरिएको छ ।अमेरिकी सरकारको सार्वजनिक मामिला कार्यालयले एक विज्ञप्ति जारी गर्दै एएआर कर्पलाई ५५ मिलियन डलर जरिवाना गरिएको जनाएको छ ।

आकर्षक जागिरको प्रलोभन देखाएर म्यानमार पुर्याइएका ५ नेपालीको मेवाडीबाट उद्धार मंगलबार, पुस ९, २०८१ आकर्षक जागिरको प्रलोभन देखाएर म्यानमार पुर्याइएका पाँच जना नेपालीको उद्धार भएको छ । ती नेपालीलाई थाइल्याण्ड हुँदै नेपाल फर्काइएको छ । एक महिलालाई आज र चार पुरुषलाई १७ डिसेम्बरमा नेपाल फर्काइएको नेपाली राजदूतावास, बैंककले जनाएको छ ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कांग्रेस सर्लाही सभापतिलाई बर्खास्त गर्न केन्द्रीय कार्यालयमा ज्ञापन पत्र मंगलबार, पुस ९, २०८१ राजनीतिक दलसम्बन्धी ऐन २०७३ र कांग्रेसको विधानअनुसार पनि फौजदारी कसुरमा अदालतबाट दोषी भएका व्यक्ति पार्टीको साधारण सदस्य पनि नरहने भएकोले जिल्ला सभापतिबाट बर्खास्त गर्न माग भएको हो। कांग्रेस जिल्ला उपसभापति नवीनप्रसाद अधिकारी, क्षेत्र नम्बर १ का सभापति हरिबहादुर लुंगेलीलगायतले सभापति सिंहविरूद्ध केन्द्रीय कार्यालयमा ज्ञापन पत्र दर्ता गराएका हुन्।

लगातार दोस्रो दिन पनि बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि मंगलबार, पुस ९, २०८१ मंगलबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १४.११ अंकले बढेर २६२६.३१ विन्दुमा बन्द भएको छ। यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। गत कारोबार दिन अर्थात् सोमबार ४ अर्ब ४३ करोडको शेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब २० करोडको शेयर कारोबार भएको छ।
![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)
पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू] मंगलबार, पुस ९, २०८१ महोत्सवमा मंगलबार १३ वटा बेलुन उडाइएको छ। स्वदेशी तथा विदेशी पर्यटक पोखरामा आकर्षित गर्न महोत्सव फलदायी हुने आयोजक बेलुन नेपाल प्रालिको भनाइ छ।

प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्र मंगलबार, पुस ९, २०८१ ताप्लेजुङको सुकेटार काफ्लेपाटी सडक खण्डबाट देखिएको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्र ।