यूएईको इन्टरनेसनल लिग टी२० खेल्दै कुशल मल्ल मंगलबार, पुस ९, २०८१

धरहरा सञ्चालनको एक महिना: ५५ लाखको टिकट बिक्री, ३१ हजार जना चढे धरहरा मंगलबार, पुस ९, २०८१ पुनःनिर्माण पश्चात धरहरा सशुल्क सञ्चालन भएको आज एक महिना पुगेको छ । यस अवधिमा प्रवेश शुल्कबापत् ५५ लाख रुपैयाँ सङ्कलन भएको छ ।गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो सोमबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम सङ्कलन भएको हो ।

मिलनले किन गरे बाबु र भाइको हत्या? मंगलबार, पुस ९, २०८१ भक्तपुरको सूर्यविनायक नगरपालिका-२ स्थित बालकोटको एक घरमा मृत भेटिएका बाबु-छोराको हत्या भएको खुलेको छ । सोमबार खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविण मृत अवस्थामा भेटिएका थिए । मृत भेटिएका कुलप्रसाद हुलाकका कर्मचारीसमेत हुन् । उनी जिल्ला हुलाक खोटाङका निमित्त प्रमुखसमेत थिए ।
-1714642273.jpg)
तीन उद्योगविरुद्ध मुद्दा दायर मंगलबार, पुस ९, २०८१ नेपालगञ्ज उपमहानगरपालिका–१५ स्थित डिउ ड्रिप ड्रिङिङ वाटर उद्योग निरीक्षणका क्रममा उद्योगले पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका २०७४ विपरीत उद्योग सञ्चालन गरेको, नियमित पानीको परीक्षण नगरेको, उद्योग परिसर फोहर राखेको पाइएपछि मुद्दा दायर गरेको खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख प्रशान्त पोखरेलले जानकारी दिए । सो उद्योगसँग रु चार लाख ५०...

मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भूभागमा हिउँ, एसियाली देशमा चिसो बढ्ने पूर्वानुमान मंगलबार, पुस ९, २०८१ 'मङ्गोलियाको कम्तिमा ६४ प्रतिशत क्षेत्र अब हिउँले ढाकेको छ,' मौसम एजेन्सीले जनाएको छ । सोमबार बिहानसम्म देशका २१ मध्ये पाँच प्रदेशमा हिमपात जारी रहेको छ ।

तनहुँमा पुलबाट ट्रक खस्यो, दुई जनाको मृत्यु मंगलबार, पुस ९, २०८१ ट्रक चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए ।

भक्तपुरमा बाबुछोरा हत्या प्रकरण: जेठो छोराले गरे आत्मसमर्पण मंगलबार, पुस ९, २०८१ भक्तपुरमा भएको बाबु र छोराको हत्या प्रकरणमा जेठो छोराले प्रहरी पुगेर आत्मसमर्पण गरेका छन्। खोटाङ रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्यको शव फेला परेको थियो भने कोठामा जेठा छोरा मिलन आचार्य थिएनन्।

स्रोत नखुलेको १४ लाख ७ सय रुपैयाँसहित एक पक्राउ मंगलबार, पुस ९, २०८१ उक्त रकम हुण्डी कारोबारको रहेको आंशका गरिएको छ । सप्तरीका एसपी ढकेन्द्र खतिवडाले रकम पक्राउ गरिएको पुष्टि गर्दै पक्राउ गरिएका साहमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ कसुर अन्तर्गत मुद्दाको प्रक्रिया अघि बढाइएको बताए ।

सुदूरपश्चिममा दोस्रो पटक हिमपात मंगलबार, पुस ९, २०८१ सोमबार रातिदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा र हिमपात सुरु भएको छ । यो हिउँदमा भएको यो दोस्रो हिमपात हो । बझाङ, बाजुरा, डोटी, डडेलधुरा, दार्चुला, बैतडीका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात भएको छ । यसअघि मंसिर अन्तिम साता पनि यहाँ हिमपात भएको थियो ।

चक्कु प्रहार गरि ललितपुरको च्यासलमा युवकको हत्या, तीन जना पक्राउ मंगलबार, पुस ९, २०८१ ललितपुरमा एक जना किशोरको हत्या भएको छ। सोमबार राति ललितपुर महानगरपालिका-९ च्यासलस्थित द टाउन क्याफेमा एक किशोरको हत्या भएको हो।

नेपाल एअरलाइन्सको आन्तरिक उडान पूर्ण रुपमा बन्द मंगलबार, पुस ९, २०८१ दुईवटा ट्वीनअटर जहाजबाट उडान गरिरहेकोमा एउटा जहाज गत जेठदेखि नै ग्राउन्डेड थियो । अर्को जहाज पनि आइतबारबाट ग्राउन्डेड भएपछि आन्तरकि उडान पूर्ण रुपमा बन्द हुन पुगेको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

रवि लामिछानेसहित ४ जनालाई अदालत उपस्थित गराइयो मंगलबार, पुस ९, २०८१ पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । सहकारी ठगीमा प्रकरणमा मुद्दा दायर भएका रवि लामिछाने, छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई अदालत उपस्थित गराएको हो ।

सुनको मूल्य स्थिर, चाँदीको तोलामा १० रुपैयाँले बढ्यो मंगलबार, पुस ९, २०८१ नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँ कायम छ । सोमबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।