मितेरी सहकारी प्रकरणः ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध इन्टरपोलमा रेड नोटिस जारी शुक्रबार, कात्तिक २३, २०८१
पाथीभरा केबलकार स्टेशन शिलान्यासका क्रममा झडप शुक्रबार, कात्तिक २३, २०८१ ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० काफ्लेपाटीमा केबुलकारको विषयलाई लिएर झडप भएको छ। पाथीभरा दर्शन केबलकार निर्माणका लागि शिलान्यास गर्ने कार्यक्रममा स्थानीय पहिचान पक्षधरद्वारा अवरोध भएपछि आज(शुक्रबार) झडप भएको हो।
सुर्खेत दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो, २५ जना घाइते शुक्रबार, कात्तिक २३, २०८१ दैलेखबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी वीरेन्द्रनगर नगरपालिका-१४, रातानाङ्ग्ला नजिकै दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा परी २५ जना घाइते भएका छन् ।
सर्वोच्चका प्रस्तावित दुई न्यायाधीश सर्वसम्मत अनुमोदन शुक्रबार, कात्तिक २३, २०८१ शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरी न्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको समितिका सभापति जेष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए।
जेट एअरवेजलाई लिक्विडेसनमा लैजान भारतीय अदालतको आदेश शुक्रबार, कात्तिक २३, २०८१ भारतको सर्वोच्च अदालतले दिवालिया जेट एअरवेजलाई लिक्विडेसनमा लैजान आदेश दिएको छ। यो सँगै सन् २०१९ मा एक अर्ब २० करोड डलरको ऋणसहित पतन भएको एअरलाइन्सको पाँच वर्ष लामो कानुनी प्रक्रिया समाप्त भएको छ।
सुनुवाइ समितिमा कांग्रेस सांसद ढुंगानाले पोखे वरिष्ठतम् न्यायाधीश मल्लप्रति आक्रोश शुक्रबार, कात्तिक २३, २०८१ सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लप्रति सत्तारुढ कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले आक्रोश व्यक्त गरेका छन्।विगतमा राजनीतिक दलका झन्डा बोकेका व्यक्ति सर्वोच्च अदालतको न्यायाधीशको कुर्सीमा बस्दा दुर्भाग्यपूर्ण फैसला गरेको भन्दै सांसद ढुंगानाले आक्रोश व्यक्त गरेका हुन्।
दीपक मनाङेले भने- फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा उपस्थित हुनेछु शुक्रबार, कात्तिक २३, २०८१ उनले सर्वोच्च अदालतमा विचाराधीन रहेको आफ्नो मुद्दाको फैसला भएको विषय आफ्नो कानुन व्यावसायीमार्फत थाहा पाएको बताएका छन्। उनले फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा उपस्थित हुने समेत जनाएका छन्।
इजरायली सेनाको क्रूरता : दैनिक एक बच्चाको हत्या, १० जना घाइते शुक्रबार, कात्तिक २३, २०८१ संयुक्त राष्ट्र बाल एजेन्सीले इजरायलले आफ्नो बमबारी अभियानलाई तीव्रता दिँदा गत महिना लेबनानमा दिनको कम्तीमा एक बालबालिकाको मृत्यु भएको बताएको छ।
मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको मृत्यु शुक्रबार, कात्तिक २३, २०८१ प्यूठानमा मोटरसाइकलको ठक्करबाट तीन महिनाको शिशुको मृत्यु भएको छ।
‘हातमा सीप भए रोजगारीका लागि विदेशिनु पर्दैन’ शुक्रबार, कात्तिक २३, २०८१ राजकुमारजस्तै धरान–९ का पर्शु तामाङले पनि बेतका सामग्री बेचेर मनग्ये आम्दानी गरेका छन्। एघार वर्षदेखि बेतका फर्निचर बनाउँदै आएका उनले मासिक ८० हजारसम्म आम्दानी हुने गरेको बताए। उनले कोक्रो, सोफा, डाइनिङ टेबल, कुर्सी, मुढा, ह्याङ्गर, धाकी, गमला र्याकलगायत सामान बनाउने गरेका छन्।
चितवनमा दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो शुक्रबार, कात्तिक २३, २०८१ मृत्यु हुनेमध्ये गोरखाको आरुघाट गाउँपालिका–१ मान्बुका ४२ वर्षीय राजबहादुर गुरुङको मात्र पहिचान खुलेको छ। अन्य तीन पुरुष र एक महिलाको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए।
सत्य निरूपण र बेपत्ता छानबिन आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान शुक्रबार, कात्तिक २३, २०८१ बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिला आयोगको अध्यक्ष तथा सदस्य नियुक्त गर्न आवेदन आह्वान भएको छ।
एकैदिन प्रतितोला दुई हजार रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार? शुक्रबार, कात्तिक २३, २०८१ नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ। बिहीबार एकैदिन प्रतितोला चार हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार रूपैयाँ बढेको हो।