News Griha :: न्यूजगृह
९ गोल भएको खेलमा लिभरपुल विजयी
९ गोल भएको खेलमा लिभरपुल विजयी इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुल र टोटनहमबीचको खेलमा गोलवर्षा भएको छ। गएराति टोटनहमको घरेलु मैदानमा भएको खेलमा कुल ९ गोल भएका हुन्।
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ । प्रस्तुत विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने केन्द्रीय बैंक जनाएको छ ।
हिरासतमा सुतिरहेका रवि लामिछानेको फोटो खिच्ने निकोलस भुसाल पक्राउ
हिरासतमा सुतिरहेका रवि लामिछानेको फोटो खिच्ने निकोलस भुसाल पक्राउ कास्की प्रहरीको हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो खिचेर सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ परेका छन्।  भुसाललाई आइतबार काठमाडौंको थलीबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए।
आज कहाँ—कहाँ छ वर्षाको सम्भावना?
आज कहाँ—कहाँ छ वर्षाको सम्भावना? हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। सोमबार साँझबाट सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिने महाशाखाको पूर्वानुमान छ।
रवि लामिछानेविरूद्ध पोखरामा जस्तै अरू ४ जिल्लामा पनि चल्नेछ मुद्दा
रवि लामिछानेविरूद्ध पोखरामा जस्तै अरू ४ जिल्लामा पनि चल्नेछ मुद्दा पोखराको सुर्यदर्शन सहकारीमा सर्वसाधारणले राखेको रकम अपचलन गरेको आरोपमा लामिछानेविरूद्ध आइतबार जिल्ला अदालतमा मुद्दा दायर भएको छ। उनलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार कारबाही गर्न माग गरिएको जिल्ला न्यायाधिवक्ता काफ्ले जानकारी दिइन्।
भरत जंगमलाई ५ दिन हिरासतमा राख्न अनुमति, कोषाध्यक्ष पनि पक्राउ
भरत जंगमलाई ५ दिन हिरासतमा राख्न अनुमति, कोषाध्यक्ष पनि पक्राउ सहकारीको निक्षेप अपचलन आरोपमा साई स्वागतका कोषाध्यक्ष लुमन दाहाललाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरु दुवैजनालाई बिजुली बजारबाट पक्राउ गरेर अदालतबाट म्याद लिइएको काठमाडौंका एसएसपी बसन्त रजौरेले बताए । अदालतले दाहाललाई पनि ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयक संसद पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयक संसद पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति प्राधिकरणलाई नियमनकारी र सेवा प्रदायक गरी दुई छुट्टाछुट्टै संस्था बनाउने सम्बन्धमा लामो समयदेखि बहस जारी छ । अन्तर्राष्ट्रिय नियामक निकायबाट समेत यस सम्बन्धमा चासो व्यक्त हुने गरेको छ । तर, प्राधिकरण नेतृत्व र अधिकतम कर्मचारी भने यसको विरोधमा रहँदा सरकारले घोषणा अनुसार काम गर्न सकेको छैन ।
सवारीसाधन बिक्रीको अनुगमन यातायात व्यवस्था विभागलाई
सवारीसाधन बिक्रीको अनुगमन यातायात व्यवस्था विभागलाई नेपाल सरकारले यातायात व्यवस्था विभागलाई सवारीसाधन बिक्रीको नियमनकारी निकाय तोकेको छ। यसैगरी राष्ट्रबैंकलाई सामाजिक सुरक्षाकोष सम्बद्ध कर्जा प्रवाह र नेपाल धितोपत्र बोर्डलाई इन्भेष्टमेन्ट कम्पनीको सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि नियमनकारी निकाय तोक्ने निर्णय गरिएको छ।
रवि लामिछानेको सांसद पद निलम्बनका लागि कास्की प्रहरीले सभामुखलाई पठायो पत्र
रवि लामिछानेको सांसद पद निलम्बनका लागि कास्की प्रहरीले सभामुखलाई पठायो पत्र रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन गर्न कास्की प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ । कास्की प्रहरी स्रोतका अनुसार रास्वपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित लामिछानेको पद निलम्बन गर्नका लागि सभामुखलाई पत्र पठाइएको हो ।
गोर्खा मिडिया छोडेपछि पनि कम्पनीको आर्थिक कारोबारमा संलग्न थिए रवि
गोर्खा मिडिया छोडेपछि पनि कम्पनीको आर्थिक कारोबारमा संलग्न थिए रवि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया ग्रुपबाट बाहिरिएपछि पनि त्यहाँको आर्थिक कारोबारमा संलग्नता रहेको देखिएको छ ।जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा दायर गरेको अभियोगपत्रमा लामिछानेले गोर्खा मिडिया ग्रुप छोडेपछि पनि विभिन्न व्यक्ति र सहकारीहरूलाई चेकमार्फत भुक्तानी दिएको उल्लेख छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको परिमार्जित कार्यविवरण स्वीकृत गरेको छ भने कान्ति बाल अस्पताल विकास समितिको अध्यक्ष पदमा श्रीराम सुवेदीलाई मनोनयन गर्ने निर्णय गरेको छ । त्यस्तै साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली २०८१ बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने निर्णय गरेको प्रवक्ता गुरुङले बताए । 
साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम पक्राउ
साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम पक्राउ साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले आइतबार जंगमलाई काठमाडौंबाट पक्राउ गरिएको बताए।
Weather Update