रवि लामिछानेको सांसद पद स्वत निलम्बनमा आइतबार, पुस ७, २०८१
-1734863698.jpg)
आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ आइतबार, पुस ७, २०८१ यूपी ३२ जेभी ९२०० नम्बरको कारलाई चेकजाँच गर्दा गाडीभित्र राखिएको ज्याकेटको खल्तीबाट सुन फेला परेको कैलाली प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले बताए । उक्त कारमा भारतको पलिया बस्ने ४४ वर्षीय दीपक गुप्ता र ३४ वर्षीय सुमित रहेका थिए । दुवै जनालाई पक्राउ गरिएको एसपी विष्टले बताए ।

सहकारी ठगीमा रवि लामिछानेसँग ३ करोड ३७ लाख बिगो माग आइतबार, पुस ७, २०८१ सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा रवि लामिछानेविरूद्ध मात्रै ३ करोड ३७ लाखको बिगो मागदाबी भएको छ।सरकारी वकिलको कार्यालय कास्कीले आइतबार जिल्ला अदालत कास्कीमा दर्ता गरेको अभियोगपत्रमा लामिछानेले सहकारीको ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ अपचलन गरेको र सोही बराबरको बिगो मागदाबी गरेको हो।

महोत्तरी कारागारमा रहेका थुनुवाको मृत्यु आइतबार, पुस ७, २०८१ जिल्ला अदालत महोत्तरीको आदेशमा छ महिनादेखि थुनामा रहेका उनलाई आज बिहान स्वास्थ्यमा असजिलो महसुस भएपछि तत्काल जलेश्वर अस्पताल पुर्याइएको थियो । हृदयघातबाट उनको मृत्यु भएको चिकित्सकले जनाएका कारागारका सूचना अधिकारी रविनचन्द्र ठाकुरले जानकारी दिए ।

१३.५३ अंकले घट्यो नेप्से, परिसूचक २५८३ बिन्दुमा आइतबार, पुस ७, २०८१ आइतबार शेयर बजार (नेप्से) परिसूचक १३.५३ अंकले घट्यो । पछिल्लो समय बजार लगातार घट्दै गएको छ । आइतबार पनि तीव्र उतारचढावका बिच बजार घट्दा परिसूचक २५८३.२९ बिन्दुमा झरेको छ ।

जनकपुर बोल्ट्स समर्थकमाथि दुर्व्यवहार गरेकोमा सर्वत्र विरोध, कारबाही माग आइतबार, पुस ७, २०८१ पाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौंको कीर्तिपुरमा नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको ३२ खेल भए।

आपराधिक लाभ कसुरमा निलम्बित इन्स्पेक्टर अदालतमा हाजिर आइतबार, पुस ७, २०८१ आपराधिक लाभ कसुरमा फरार रहेकी निलम्बित इन्स्पेक्टर जिल्ला अदालत ललितपुरमा हाजिर भएकी छन्।आइतबार बिहान निलम्बित प्रहरी निरीक्षक बिनु शाही अदालतमा हाजिर भएको अदालतका प्रवक्ता राम सजिवन महतोले जानकारी दिए।

रविमाथि २७ करोड ८९ लाख सम्पत्ति शुद्धीकरणको आरोप, निकितालाई पनि मुद्दा आइतबार, पुस ७, २०८१ जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि २७ करोड ८९ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ । साथै उनकी पत्नी निकिता पौडेललाई पनि मुद्दा दायर गरेको छ ।

‘अचम्मै पो भो ! हिउँ नै परेन’ आइतबार, पुस ७, २०८१ हिउँदयाम लागेसँगै देशभर क्रमशः चिसो बढ्दै छ । हिमाली जिल्ला मनाङलगायत क्षेत्रमा त अत्यधिक चिसो बढिसकेको छ । यहाँका नदी, खोला, धाराका पानी जम्न थालेका छन् तर यसपटक हिउँ भने परेको छैन । मुख्य समयमै हिउँ नपरेपछि स्थानीय चकित छन् । स्थानीय हिमपात हुनुपर्ने समयमा हिउँ नै नपर्दा नियमित चक्र...

रवि, जीबी र छविको सम्पत्ति जफत गर्न माग आइतबार, पुस ७, २०८१ जिल्ला सरकारी वकिल कार्यालयल कास्कीले आइतबार लामिछानेसहित विरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। दर्ता भएको मुद्दामा लामिछानेसहित, जीबी राई र छविलाल जोशीको पनि सम्पत्ति नै जफत गर्न माग गरेको हो।
-1719237456.jpg)
मुद्दा दायर भएपछि रविको सांसद पद के हुन्छ ? आइतबार, पुस ७, २०८१ दुई महिनादेखि थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेविरुद्ध आइतबार जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर भएको छ । मुद्दा दायर भएपछि उनको सांसद पद के हुन्छ भनी कतिपयले जिज्ञासा समेत राखेका छन् ।

हङकङबाट काठमाडौं आएको जहाजमा अचेत भेटिएका व्यक्ति मृत घोषित आइतबार, पुस ७, २०८१ निगमको आरए ४०१ उडानमार्फत् हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत ताप्लेजुङका देउमान लिम्बुलाई एअरलाइन्सका कर्मचारीले आफन्तको जिम्मा लगाएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

महाकाली तरेर आइपुग्यो भारतीय एक्स्काभेटर, चालक नियन्त्रणमा आइतबार, पुस ७, २०८१ स्थानीयले मेसिनसहित चालकलाई नियन्त्रणमा लिएको छ । अहिले प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारी नदी किनारमा पुगेका छन् । स्थानीय र सुरक्षा अधिकारीबीच यस विषयमा छलफल भइरहेको छ । २०७० सालको बाढीको कटानपछि नेपाली भूभाग नदीपारि पुगेको छ ।