News Griha :: न्यूजगृह
राष्ट्रपति समक्ष पाँच राजदूतकाे शपथ
राष्ट्रपति समक्ष पाँच राजदूतकाे शपथ राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ
सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ उनले तिनमायालाई मुक्का प्रहार गर्नुका साथै कुटपिट गरेर टाउको थाममा ठोक्काएर हत्या गरेको बयान दिएका छन् ।सुकबहादुरलाई जिल्ला अदालतमा पेस गरी पाँच दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग सर्वसाधारणको अवलोकनका लागि खुला गर्ने तयारी सुरु भएको छ । बागमती प्रदेश सरकारको रु चार करोड ५७ लाखको लागतमा पुनःनिर्माण भएपछि सर्वसाधारणको अवलोकनका लागि खुला गर्न लागिएको हो । 
धनगढीका चार पसलमा आगलागी, एक करोड बढीको क्षति
धनगढीका चार पसलमा आगलागी, एक करोड बढीको क्षति धनगढीका चार वटा पसलमा आगलागी भएको छ । आइतबार राति सहीदगेटस्थित समीर मोबाइल ग्यालरी, अर्जुन आर्ट, न्यू लब्ली टेलर्स र कृष्ण इन्टरप्राइजेजमा आगलागी भएको प्रहरीले जनाएको छ ।
रवि लामिछानेसहित ५ जनालाई बयानका लागि अदालत उपस्थित गराइयो
रवि लामिछानेसहित ५ जनालाई बयानका लागि अदालत उपस्थित गराइयो पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेसहित ५ जनालाई बयानका लागि आज बिहान कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।रविसहित पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको हो ।
रोशी १ का वडाध्यक्ष लामाको मृत्यु, आज पालिकामा शोक बिदा
रोशी १ का वडाध्यक्ष लामाको मृत्यु, आज पालिकामा शोक बिदा क्यान्सर रोगको उपचार गर्दै आएका उनको आइतबार उपचारका क्रममा मृत्यु भएको हो । रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाले जारी गरेको शोक विज्ञप्तिमा आज पुस ८ गते पालिकाभर शोक बिदा दिइको उल्लेख छ ।
रसुवागढीमा ५२ मेगावाट विद्युत् उत्पादन
रसुवागढीमा ५२ मेगावाट विद्युत् उत्पादन रसुवागढी जलविद्युत्ले वार्षिकरूपमा ६१ करोड ३८ लाख ७५ हजार रुपैयाँ युनिट विद्युत् उत्पादन गरेर तीन अर्ब २५ करोड रुपैयाँ आय गर्ने आयोजनाले गर्ने छ । रसुवागढीमुनि भोटेकोशीमा बाँध बानेर चार हजार एक सय ८५ मिटर सुरूङको सहायताले टिमुरे गाउँको दुहार तातोपानीपारिको पहराभित्र निर्माण गरिएको विद्युत् गृहमा तीनवटा टर्वाइन जडान भएको...
शक्ति समूहकी संस्थापक सुनिता दनुवारको मृत्यु
शक्ति समूहकी संस्थापक सुनिता दनुवारको मृत्यु सोमबार बिहान अचेत अवस्थामा गोकर्णेश्वरस्थित नेपाल मेडिकल कलेज पुर्‍याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको शक्ति समूहकी सदस्य उर्मिला श्रेष्ठले जानकारी दिइन्। 
कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान हुँदै
कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान हुँदै सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा मुद्दा खेपेका पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेको आजदेखि बयान सुरु हुँदै छ ।जिल्ला अदालत कास्कीले आजदेखि लामिछानेको बयान लिन लागेको हो । यसअघि प्रहरी र सरकारी वकिलको कार्यालयले लिएको बयान समेतको आधारमा आइतबार लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालतमा मद्दा दायर भएको थियो...
जमिनबाट सुन निकालेर दिन्छु भनेर दुई करोड ठगी
जमिनबाट सुन निकालेर दिन्छु भनेर दुई करोड ठगी बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ मोहनपुर इँटाभट्टानजिकै बस्ने नसिर अहमद बेहेनाको जाहेरीका आधारमा भारत उत्तरप्रदेश बलरामपुर सिहपुरीका ४२ वर्षीय सदाबुद्दिन हलवाइ पक्राउ परेका हुन्। 
तीन विश्वविद्यालयमा भागबन्डाबाट उपकुलपति
तीन विश्वविद्यालयमा भागबन्डाबाट उपकुलपति सत्तारूढ कांग्रेस र एमालेबीच भागबन्डा गरेर नेपाल संस्कृत विश्वविद्यालयमा धनेश्वर नेपाल, कृषि तथा वन विज्ञानमा शारदा थपलिया र पोखरा विश्वविद्यालयमा वेदराज केसीलाई उपकुलपतिमा नियुक्ति गरिएको हो । प्राध्यापक केसी र थपलिया एमाले तथा नेपाल कांग्रेसनिकट प्राध्यापक हुन् ।
आजदेखि हिउँदे वर्षा
आजदेखि हिउँदे वर्षा महाशाखाका मौसमविद सञ्जीव अधिकारीका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीका असरका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका तराईका भूभागदेखि पहाडी भूभागमा पनि आज राति भोलि हल्का वर्षा हुनेछ।
Weather Update