महाकाली तरेर आइपुग्यो भारतीय एक्स्काभेटर, चालक नियन्त्रणमा
दार्चुला — दार्चुला सदरमुकामनजिक महाकाली नगरपालिका-५ स्थित वीरेन्द्रवन नजिक नेपाल-भारत सीमा नदी महाकाली नदीवारि (नेपालतर्फ) भारतीय एक्स्काभेटर आएको छ ।
आइतबार बिहान साढे ११ बजेतिर अनुमतिबिना भारतीय ठेकेदार कम्पनीको एक्स्काभेटर महाकाली नदी तरेर वारि आइपुगेको छ ।
स्थानीयले मेसिनसहित चालकलाई नियन्त्रणमा लिएको छ । अहिले प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारी नदी किनारमा पुगेका छन् । स्थानीय र सुरक्षा अधिकारीबीच यस विषयमा छलफल भइरहेको छ । २०७० सालको बाढीको कटानपछि नेपाली भूभाग नदीपारि पुगेको छ ।
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१ १३:३३