News Griha :: न्यूजगृह
क्षतिको विवरण प्राप्त नहुँदा काभ्रेमा पुनर्वास कार्यक्रम अघि बढ्न सकेन
क्षतिको विवरण प्राप्त नहुँदा काभ्रेमा पुनर्वास कार्यक्रम अघि बढ्न सकेन गत महिनाको बाढीपहिरोमा परी काभ्रेमा ७९ जनाले ज्यान गुमाए भने  भौतिक सम्पत्तिमा पनि व्यापक क्षति भयो। कैयन् घरबारविहीन भए। स्थानीय तह खोज, उद्धार तथा राहत सामग्री वितरणमा लागेको महिना नाघिसकेको छ। क्षतिको वास्तविक विवरण तयार नहुँदा पुनर्वास कार्यक्रम प्रभावित भएको छ।
१३४ यात्रुसहित आज पोखरामा सिचुवान एअरलाइन्सले दोस्रो चार्टर्ड उडान गर्ने
१३४ यात्रुसहित आज पोखरामा सिचुवान एअरलाइन्सले दोस्रो चार्टर्ड उडान गर्ने नेपाल र चीनबीचको पर्यटन र मित्रतालाई थप सुदृढ बनाउने उद्देश्यसहित कात्तिक २४ मा पोखरामा हुन लागेको तेस्रो संस्करणको पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगितामा सहभागी हुन आउने चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शक र अन्य व्यक्ति चार्टर्ड उडानमार्फत पोखरा आउन लागेका हुन् ।
भोलिदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टासम्म बन्द हुने
भोलिदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टासम्म बन्द हुने विमानस्थलभित्र रनवेसँग समानान्तर हुनेगरि ट्याक्सी वे निर्माण गर्न यही कात्तिक २३ देखि चैत १८ गतेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गर्न लागिएको हो। राति १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल पूर्ण रुपमा बन्द गरिने छ।
आज देशभरको मौसम सफा रहने
आज देशभरको मौसम सफा रहने हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ।
छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजा गरिँदै
छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजा गरिँदै व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन्। आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ।
देउसीभैलो खेल्नेक्रममा विवाद हुँदा खुकुरी प्रहार, ३ जना पक्राउ
देउसीभैलो खेल्नेक्रममा विवाद हुँदा खुकुरी प्रहार, ३ जना पक्राउ पश्चिम नवलपरासीको सुनवलमा देउसीभैलो खेल्नेक्रममा विवाद हुँदा खुकुरी प्रहार गर्ने तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा  सुनवल–३ किर्तिपुर बस्ने २३ वर्षीय अभिषेक गुरुङ, २६ वर्षीय बिसन गुरुङ र  २८ वर्षीय अमित गुरुङ छन्। 
एनआरएनएको महाधिवेशन गराउन परराष्ट्रमन्त्रीको ताकेता
एनआरएनएको महाधिवेशन गराउन परराष्ट्रमन्त्रीको ताकेता परराष्ट्रमन्त्री डा आरजु राणाले गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनको गृहकार्य अगाडि बढाउन आग्रह गरेकी छन्।
मन्त्रीको जापान काण्डः ६ जना पक्राउ
मन्त्रीको जापान काण्डः ६ जना पक्राउ कोशीका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीसँग जापान पुगेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार तीन जना त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन्।
बिटक्वाइनको मूल्य हालसम्मकै उच्च
बिटक्वाइनको मूल्य हालसम्मकै उच्च अमेरिकको ४७औं राष्ट्रपतिमा डनल्ड ट्रम्प निर्वाचित भएसँगै बिटक्वाइनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बुधबार कारोबार क्रममा बिटक्वाइनको भाउ ७४ हजार ७ सय ८६ अमेरिकी डलरसम्म पुग्यो। साँझ साढे ५ बजे यो ७४ हजार २ सय १० डलर हाराहारीमा कारोबार भएको छ। बुधबार एकै दिन बिटक्वाइनको मूल्य ७ प्रतिशत बढेको हो।
देशभरका सहकारीहरूको अनुगमन गरिँदै, प्राविधिक टोली गठन गर्ने निर्णय
देशभरका सहकारीहरूको अनुगमन गरिँदै, प्राविधिक टोली गठन गर्ने निर्णय बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको स्थलगत अनुगमन गर्न प्राविधिक टोली गठन गरिने भएको छ।
ट्रम्पलाई बधाई दिँदै विश्वका नेताहरू कसले के भने ?
ट्रम्पलाई बधाई दिँदै विश्वका नेताहरू कसले के भने ? अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसमाथि विजय प्राप्त गरेको बताउँदै विश्वका नेताहरूले बधाई दिएका छन् ।राष्ट्रपतीय निर्वाचनको मत परिणामबारे औपचारिक रूपमा घोषणा भइनसकेको भएपनि उनलाई बधाइ दिने क्रम सुरु भएको हो ।
स्वर्णलक्ष्मी सहकारीका लेखा समिति सदस्य पक्राउ
स्वर्णलक्ष्मी सहकारीका लेखा समिति सदस्य पक्राउ मंगलबार राति जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले लेखा समिति सदस्य सुनिता नेवालाई पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए।
Weather Update