News Griha :: न्यूजगृह
१३.५३ अंकले घट्यो नेप्से, परिसूचक २५८३ बिन्दुमा

काठमाडौं— आइतबार शेयर बजार (नेप्से) परिसूचक १३.५३ अंकले घट्यो । पछिल्लो समय बजार लगातार घट्दै गएको छ । आइतबार पनि तीव्र उतारचढावका बिच बजार घट्दा परिसूचक २५८३.२९ बिन्दुमा झरेको छ । 

आइतबार १५४ कम्पनीको मूल्य घट्यो । यसमध्ये सप्तकोशी विकास बैंक, माईखोला हाइड्रो, गरिमा विकास बैंक लगायत कम्पनीको मूल्य सबैभन्दा धेरै घट्यो । तर ८४ कम्पनीको मूल्य बढेको छ ।

आइतबार सपोर्ट माइक्रोफाइनान्स, बाराही हाइड्रोपावर, न्याग्दी हाइड्रोपावर र सुपरमादी हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । पिपुल्स पावर लिमिटेडको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । 

आइतबार कुल ३१९ कम्पनीको शेयर खरिदबिक्री भयो । ९१ लाख ८० हजार कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ५१ करोड ८३ लाख मूल्यको शेयर कारोबार भएको छ । आइतबार उत्पादन तथा प्रशोधन उपसमूहका कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखियो । यो उपसमूहको सूचक १.५७ प्रतिशतले बढेको छ ।
 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १५:३५
Weather Update