भरत जंगमलाई ५ दिन हिरासतमा राख्न अनुमति, कोषाध्यक्ष पनि पक्राउ
काठमाडौं— साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका भरत जंगमलाई अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
सहकारीको निक्षेप अपचलन आरोपमा साई स्वागतका कोषाध्यक्ष लुमन दाहाललाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरु दुवैजनालाई बिजुली बजारबाट पक्राउ गरेर अदालतबाट म्याद लिइएको काठमाडौंका एसएसपी बसन्त रजौरेले बताए । अदालतले दाहाललाई पनि ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।
जंगम सो सहकारीको पूर्वअध्यक्ष हुन् । सुरुमा काठमाडौं–१० मा कार्यालय रहेको सो सहकारीको कार्यालय हाल बाँसबारीमा सारिएको छ । साई स्वागतको निवर्तमान उपाध्यक्ष निकिता पौडेल हुन् ।
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१ १९:१३