News Griha :: न्यूजगृह
कास्की अदालतमा छविको बयान सकियो

पोखरा— पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका छविलाल जोशीको बयान सकिएको छ ।

सोमबारदेखि सुरु भएको पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्व उपाध्यक्ष जाेशीको बयान मंगलबार दिउँसो सकिएको हाे ।

योसँगै गितेन्द्रबाबु राईसँग मिलेर सहकारीको रकम अपचलनको अभियोग लागेकी लिला पछाईको बयान सुरु भएको छ ।

जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा बयान जारी छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर भएको थियो ।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १६:३०
Weather Update