नेप्से तीन वर्षकै उच्च, करिब ३० अर्बको कारोबार बिहीबार, साउन ३१, २०८१

साढे तीन सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार बिहीबार, साउन ३१, २०८१ साढे तीन सय वर्ष पुरानो इतिहास रहेको यहाँको एक मन्दिरको जीर्णोद्धार गरिएको छ। स्याङ्जाको बिरुवा गाउँपालिका–४ मड्किना गुफास्थित शिवजी मन्दिर तथा श्री १००८ चम्पा गिरी जन्म आश्रमको जीर्णोद्धार गरिएको हो।

पर्यटक लोभ्याउदै ढोरपाटनको ‘बुकी’ बिहीबार, साउन ३१, २०८१ समथर फाँट र भिरालो पाखामा फुलेका रङ्गीबिरङ्गी फूल, चरन क्षेत्रमा रमाइरहेका घरपालुवा जनावरको बथान, पहाडका टाकुराबाट पृष्ठभूमिमा देखिने हिमाल, बादल, घाम र आकाशे पानीको लुकामारी। कोलाहलमुक्त वातावरण, शीतल हावापानी, चराचुरुङ्गी र जनावरहरुको आवाज।

यातायात कार्यालय एकान्तकुनाका कम्प्युटर अधिकृत रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, साउन ३१, २०८१ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुना, कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
![राष्ट्रियसभा बैठक सुरु [LIVE]](https://newsgriha.com/uploads/posts/rastriya-sava-1-1720169961.jpg)
राष्ट्रियसभा बैठक सुरु [LIVE] बिहीबार, साउन ३१, २०८१ यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन्। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादा क्रममा हेरफेरसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची छ।

भेडी गोठ बिहीबार, साउन ३१, २०८१

हदम्याद र अख्तियारले मुद्दा दायर गर्दैमा निलम्बन हुने व्यवस्थामा छलफल गरियोस्ः प्रचण्ड बिहीबार, साउन ३१, २०८१ प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा प्रस्ताव गरिएको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि ५ वर्षे हदम्याद राख्ने र अख्तियारले अदालतमा मुद्दा दायर गर्दैमा निलम्बन हुने व्यवस्थामा छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने बताएका छन्।

रास्वपा सांसदद्वारा सङ्घीय सदनमा ध्यानाकर्षण प्रस्ताव दर्ता बिहीबार, साउन ३१, २०८१ प्रस्तावक तोसिमा कार्की रहेको सो प्रस्तावमा स्पष्टीकरण माग्नेहरूमा सोभिता गौतम मनिषा र डाक्टर चन्दा कार्की रहेका छन्।

ब्राउन सुगरसहित कोटेश्वरबाट ८ जना पक्राउ बिहीबार, साउन ३१, २०८१ अवैध लागुऔषध ब्राउन सुगरसहित कोटेश्वरबाट ८ जना पक्राउ परेका छन्।कोटेश्वरमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा खानतलासी गरी प्रहरीले उनीहरूको साथबाट ३३.७६ ग्राम ब्राउन सुगर बरामद गरेको हो।

सिन्धुलीमा जीप दुर्घटना, २ जनाको मृत्यु बिहीबार, साउन ३१, २०८१ गोलन्जोर गाउँपालिकाको–६ को हैबार नाकाझोलीबाट सदरमुकाम आउँदै गरेको तरकारी तथा खाद्यान्न ओसार पसार गर्ने डबल क्याव बा २० च ८२८३ नम्बरको जीप दुर्घटनामा परि पाँच जना घाइते भएको प्रहरीले जनाएको छ।
-1719492502.jpg)
रविलाई मुकुलका ३ प्रतिप्रश्न बिहीबार, साउन ३१, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदबाट हटाइएका डा मुकुल ढकालले नैतिक धरातलमा उभिएको पुष्टि गर्न पार्टी सभापति रवि लामिछानेलाई चुनौती दिएका छन्।पार्टीले साउन ३० गते सोधेको स्पष्टीकरणको जवाफ दिने क्रममा ढकालले उल्टै प्रतिप्रश्न गर्दै लामिछानेमाथि आफूले उठाएका प्रश्नहरू सत्यमा आधारित रहेको जिकिरसमेत गरेका छन्।

दुईवटा संयुक्त संसदीय समितिका सभापति आज चयन हुँदै बिहीबार, साउन ३१, २०८१ सङ्घीय संसद्को दुईवटा संयुक्त समितिका सभापति आज चयन गरिँदै छ।संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको सभापति आज चयन गर्न लागिएको हो।

माओवादी स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले आज जवाफ दिने बिहीबार, साउन ३१, २०८१ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदै छन्। त्यसका लागि आज बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको छ।









