News Griha :: न्यूजगृह
१४ उपसचिवको सरुवा
१४ उपसचिवको सरुवा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव विनोदकुमार दाहाल विद्युतीय सुशासन आयोग पुगेका छन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विजय शर्मा महिला, बालबालिका मन्त्रालयमा सरुवा भएका छन्।
ढुङ्गागिट्टी, बालुवा उत्खनन र बिक्रीको कानुन बनाउन सर्वोच्चको निर्देशनात्मक आदेश
ढुङ्गागिट्टी, बालुवा उत्खनन र बिक्रीको कानुन बनाउन सर्वोच्चको निर्देशनात्मक आदेश सर्वोच्च अदालतले ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका लागि आवश्यक कानुन बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश गरेको छ।न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र अब्दुल अजीज मुलसमानको संयुक्त इजलासले २०८१ वैशाख १७ गते गरेको फैसलाको आज सार्वजनिक गरेको पूर्णपाठमा उक्त कानुन बनाउन नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको उल्लेख छ।
प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्धको रिट खारेज
प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्धको रिट खारेज सर्वोच्च अदालतले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री नियुक्तिविरुद्धको रिट खारेज गरिदिएको छ। ओलीको प्रधानमन्त्री असंवैधानिक रहेको भन्दै दायर भएको रिट आज बसेको संवैधानिक इजलासले खारेज गरेको अदालत प्रशासनले जनाएको छ।
गोदावरीका प्रमुख/उपप्रमुखलाई भ्रष्टाचारमा उन्मुक्ति, विशेषले उठायो संवैधानिक प्रश्न
गोदावरीका प्रमुख/उपप्रमुखलाई भ्रष्टाचारमा उन्मुक्ति, विशेषले उठायो संवैधानिक प्रश्न भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको पाँच मुद्दाका १४ जना प्रतिवादीलाई विशेष अदालतले सफाइ दिएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले संवैधानिक प्रश्नसमेत उठाएको छ।
१८ वर्षपछि शान्ति प्रक्रिया निष्कर्षोन्मुख
१८ वर्षपछि शान्ति प्रक्रिया निष्कर्षोन्मुख युद्ध त्यागेर माओवादी प्रतिस्पर्धात्मक राजनीतिमा आएपछि सुरु भएको शान्ति प्रक्रिया १८ वर्षपछि निष्कर्षोन्मुख बनेको छ। २०६३ मंसिर ५ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि सुरु भएको शान्ति प्रक्रियासम्बन्धी विधेयक बुधबार प्रतिनिधिसभाबाट पारित भएसँगै टुङ्गोमा पुग्न लागेको हो।
सप्तरीमा दुईको मृत्यु
सप्तरीमा दुईको मृत्यु प्रहरी नायब उपरीक्षक दुण्डीराज न्यौपानेले स्थानीय राजाराम दासको घरको पर्खाल (वाल) प्लास्टर गर्ने क्रममा राजविराज–९ मलेठका ४० वर्षीया उर्मिला महतोको मृत्यु भएको जानकारी दिए।
सानोभर्‍ययाङ काष्ठ उद्योगमा आगलागी हुँदा २० लाखको क्षति
सानोभर्‍ययाङ काष्ठ उद्योगमा आगलागी हुँदा २० लाखको क्षति काठमाडौं महानगरपालिका–१५ सानोभर्‍याङस्थित काष्ठ उद्योगमा मङ्गलबार राति आगलागी हुँदा २० लाख बढीको क्षति भएको छ।
साउनमा देवघाट मेलामा एक लाख ३० हजार भक्तजनले गरे स्नान
साउनमा देवघाट मेलामा एक लाख ३० हजार भक्तजनले गरे स्नान अन्तिम सोमबारको उपस्थितिले भक्तजनको आवागमनमा वृद्धि गराएको समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए। उनका अनुसार अन्य सोमबारको तुलनामा अन्तिम सोमबार एकै दिन करिब ५० हजारको हाराहारीमा भक्तजनको आवागमन भएको थियो। 
‘डेङ्गुलाई सामान्यरूपले नसोचौँ’
‘डेङ्गुलाई सामान्यरूपले नसोचौँ’ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार गत वर्ष नेपालमा डेङ्गु सङ्क्रमणबाट २० जनाको मृत्यु भएको थियो। यस वर्षपनि गत असारयता डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। ७३ जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिएको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका जिल्ला पनि यसबाट अछूतो छैनन्। तनहुँ, कास्कीलगायत जिल्ला डेङ्गु सङ्क्रमणबाट बढी...
कालिकोटका किसानले प्रतिकिलो ५० रुपैयाँमा स्याउ बेच्दै
कालिकोटका किसानले प्रतिकिलो ५० रुपैयाँमा स्याउ बेच्दै जिल्लामा सबैभन्दा बढी स्याउ उत्पादन हुने तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकाका किसान स्याउ टिप्न व्यस्त हुन थालेका तिलागुफा–१ का रजबहादुर बुढाले बताए। 'नगरपालिकाले साउन २० गतेदेखि स्याउ टिप्न किसानलाई आग्रह गरेको थियो,' उनले भने, 'अहिले बारीमा नै प्रतिकिलो रु ५० मा बिक्री भइरहेको छ।'
समानुपातिक सिटमा नाता र दातालाई ल्याउन हुन्न : सभापति खतिवडा
समानुपातिक सिटमा नाता र दातालाई ल्याउन हुन्न : सभापति खतिवडा नेपाल मतदाता अधिकार मञ्चले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित विधेयकमाथि सुझावसहितको ध्यानाकर्षण पत्र ग्रहण गर्दै सभापति खतिवडाले समानुपातिक निर्वाचन प्रणाली नेताको विवेकमा नभइ नीति र पद्धतिमा चल्ने प्रणाली स्थापित गर्नु आजको आवश्यकता भएको बताए। 
उपत्यकाका नदीमा पानीको प्रवाह वृद्धि गर्न विज्ञसँग छलफल
उपत्यकाका नदीमा पानीको प्रवाह वृद्धि गर्न विज्ञसँग छलफल उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती लगायतका नदीमा पानीको प्रवाह वृद्धि गर्नेबारे विज्ञहरुसँग छलफल गरेका छन्। आज मन्त्रालयमा विज्ञहरूसँग छलफल गर्दै उहाँले बागमती, विष्णुमतीलगायतका नदीमा सफा पानी बगाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका बारेमा राय लिएका हुन्। 
Weather Update