टीआरसी विधेयक प्रतिनिधिसभाबाट पारित बुधबार, साउन ३०, २०८१

थाइल्याण्डका प्रधानमन्त्री बर्खास्त बुधबार, साउन ३०, २०८१ थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री स्रेथा थविसिनलाई बर्खास्त गरेको छ। जेल बसेको एक वकिललाई मन्त्रिपरिषद्मा सामेल गरेको आरोपमा प्रधानमन्त्रीलाई नै बर्खास्त गरिएको हो।

गोसाइँकुण्ड मेला भर्न जाने तीर्थालुका स्वास्थ्य उपचार प्रबन्ध, पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन हुने बुधबार, साउन ३०, २०८१ जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्ड तीर्थस्नान गर्न जाने श्रद्धालु भक्तजनको स्वास्थ्य उपचारका लागि बाटोमा पर्ने विभिन्न पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ।

माधव नेपालले भने– ‘नेपालमा दुई दलीय व्यवस्था आउन दिँदैनौँ’ बुधबार, साउन ३०, २०८१ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २०५४ सालदेखि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग युद्धसँग जोडिएका विषयमा लगातार संवाद भएको खुलासा गरेका छन्।बुधबार संसद्मा टीआरसी विधेयकमाथिको छलफलका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले २०५६ मा पटनामा पहिलो पटक प्रचण्डसँग बैठक बसेको बताए।

प्रचण्डको प्रस्ताव– ‘परिवर्तन ल्याउने सबै राजनीतिक दलहरू समझदारीकासाथ अघि बढौँ’ बुधबार, साउन ३०, २०८१ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन ल्याउने सबै राजनीतिक दलहरू समझदारीकासाथ अघि बढ्नुपर्ने बताएका छन्।बुधबार प्रतिनिधि सभा बैठकमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

भदौ ४ गते विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री आचार्य बुधबार, साउन ३०, २०८१ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ ४ गते विश्वासको मत लिने भएका छन्।लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५ औं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभाका सचिव दुर्लभ पुन मगरले जानकारी दिए।

टीआरसी विधेयकविरुद्धको रिट दरपिठ बुधबार, साउन ३०, २०८१ बुधबार नेपाल बार एसोसिएसनमा आयोजित पत्रकार सम्मेलनमा उनले यो विधेयक अन्तर्राष्ट्रिय मानव अधिकारको कानुनदेखि बहुदलीय न्यायको सिद्धान्त विपरीत रहेको हुनाले रिट निवेदन दिए पनि दरपिठ भएको बताएका हुन्।
-1719237456.jpg)
कानुन आफैँले न्याय दिने होइन, यसका लागि संरचना चाहिन्छः रवि लामिछाने बुधबार, साउन ३०, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने राजनीति दाउपेचकै कारण शान्ति प्रक्रियाका महत्त्वपूर्ण काम सङ्क्रमणकालीन न्याय निरुपणलाई वर्षौंसम्म अल्झाइएको टिप्पणी गरेका छन्। टीआरसी विधेयकमाथि संसद्मा बुधबार भएको छलफलमा भाग लिँदै सभापति लामिछानेले राजनीति दाउपेचकै कारण शान्ति प्रक्रियाका महत्त्वपूर्ण काम वर्षौ अल्झाइएको टिप्पणी गरेका हुन्।

दलहरूले पूर्वराजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्थ्यो : राजेन्द्र लिङ्देन बुधबार, साउन ३०, २०८१ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन योगदान गरेका पूर्वराजालाई दलहरूले नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने बताएका छन्।राजा भनेर सम्बोधन गरेका उनले कसैको नाम त लिएनन्, तर पूर्वराजा ज्ञानेन्द्र शाहतर्फ सङ्केत गरेका हुन्।

नेप्से परिसूचक ३४ अङ्कले बढ्यो बुधबार, साउन ३०, २०८१ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३४ दशमलव २९ अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव १७ प्रतिशतले बढेर दुई हजार नौ सय ५७ दशमलव ७५ को विन्दुमा कायम भएको हो।

अहिलेसम्म विपद्मा परि २११ को मृत्यु, बागमती र गण्डकीमा बढी क्षति बुधबार, साउन ३०, २०८१ नेपालमा मनसुनपछिको पछिल्लो दुई महिनामा मनसुनजन्यसहित सबै खालका विपद्बाट दुई सय ११ जनाको मृत्यु भएको छ। कुल ४८ जना बेपत्ता रहेका छन् भने एक सय ४३ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।

'माओवादी जनयुद्ध' भन्नु पर्यो भने जातै जाला जस्तो गर्छनः प्रचण्ड बुधबार, साउन ३०, २०८१ ‘हिंसात्मक द्वन्द्व भनेर लेखेको देख्छु, माओवादी जनयुद्ध भनेर लेख्न र बोल्न पर्दा जातै जान्छ जस्तो गर्छन,’ प्रचण्डले भने, ‘माओवादी जनयुद्ध नभएको भए यो संसारकै नयाँ मोडेलको शान्ति प्रक्रिया सम्भव भएको हो।’

नेपालको शान्ति प्रक्रिया विश्वकै नमुना हो : प्रचण्ड बुधबार, साउन ३०, २०८१ राजतन्त्रको अन्त्य र संविधानसभाबाट नयाँ संविधानमार्फत राजनीतिक उपलब्धि प्राप्त भएको भन्दै फौजी पाटोलाई पनि सरल ढङ्गले स्थापित गरेको बताए। सेना समायोजन र हतियार व्यवस्थापन पेचिलो भए पनि नेतृत्वले जोखिम उठाएर जनताको विश्वास नजितेको भए हतियार र सेना समायोजन सम्भव नहुने पनि अवस्था रहेको बताए। उनले ११ राति कुनै खुनखराब त्यो...









