News Griha :: न्यूजगृह
गठ्ठाघर दुर्घटनाः ट्रक चालक पक्राउ
गठ्ठाघर दुर्घटनाः ट्रक चालक पक्राउ भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनापछि फरार रहेका चालक पक्राउ परेका छन्। प्रहरीले  ना ६ ख २१७३ नम्बरको ट्रकका चालक सर्लाहीका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो। 
देशभर मनसुनी वायुको प्रभाव कायम, कहाँकहाँ छ भारी वर्षाको सम्भावना?
देशभर मनसुनी वायुको प्रभाव कायम, कहाँकहाँ छ भारी वर्षाको सम्भावना? विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।
 डोटीमा यात्रुबाहक बस दुर्घटना
 डोटीमा यात्रुबाहक बस दुर्घटना बिहीबार धनगढीबाट छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान करिब ४ बजे दिपायल सिलगढी नगरपालिका–४ स्थित रेडियो नेपालको प्रसारण केन्द्र नजिकै दुर्घटना भएको हो।
गठ्ठाघर प्रदर्शनमा एसपीसहित ३ जना घाइते
गठ्ठाघर प्रदर्शनमा एसपीसहित ३ जना घाइते भक्तपुरको गठ्ठाघरमा दुर्घटना भएसँगै सुरु भएको प्रदर्शनमा प्रहरी उपरीक्षक (एसपी) वेद विष्टसहित ३ जना घाइते भएका छन्।
पार्टी फुट्ने हल्ला चलाइयो, आशङ्का र भ्रम चिरिएः प्रचण्ड
पार्टी फुट्ने हल्ला चलाइयो, आशङ्का र भ्रम चिरिएः प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुट्छ भन्ने हल्ला बिल्कुल निराधार भएको टिप्पणी गरेका छन्।
उड्डयन प्राधिकरणलाई टुक्य्राउने विधेयकको मस्यौदा तयार
उड्डयन प्राधिकरणलाई टुक्य्राउने विधेयकको मस्यौदा तयार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज सिंहदरबारमा भएको वार्षिक प्रगति समीक्षा र बजेट कार्यान्वयनसम्बन्धी छलफलमा मन्त्रालयकातर्फबाट प्रस्तुती दिँदै उनले क्यान विभाजनसम्बन्धी विधेयक आर्थ मन्त्रालयमा सहमतिका लागि पठाएको जानकारी दिए।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले शुक्रबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य घटाएको हो ।
गठ्ठाघरमा प्रहरीले हान्यो अश्रुग्यास 
गठ्ठाघरमा प्रहरीले हान्यो अश्रुग्यास  बिहीबार दिउँसो ट्राफिक प्रहरीको चेकिङमा रोकिएको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो। त्यसपछि स्थानीय बासिन्दाले दुर्घटना हुनुमा ट्राफिक प्रहरीको पनि दोष रहेको भन्दै प्रदर्शन गरेका हुन्।
डेङ्गु नियन्त्रण गर्न स्वास्थ्यमन्त्री पौडेलले गरे स्थानीय तहका जनप्रतिनिसँग छलफल
डेङ्गु नियन्त्रण गर्न स्वास्थ्यमन्त्री पौडेलले गरे स्थानीय तहका जनप्रतिनिसँग छलफल काठमाडौं, भक्तपुर र ललितपुरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै महामारीको रूप लिनसक्ने जोखिम देखिएपछि नियन्त्रणका लागि आवश्यक सहकार्य गर्न मन्त्री पौडेलले स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल गरेका हुन्। 
संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित
संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन्।संघीय संसद्, संसदीय सुनुवाइ समितिको आज बसेको बैठकमा सभापति निर्वाचनमा उनी निर्वाचित भएकी हुन्।
राष्ट्रिय परिचयपत्रलाई थप व्यवस्थित बनाउन राष्ट्रियसभा सदस्यको माग
राष्ट्रिय परिचयपत्रलाई थप व्यवस्थित बनाउन राष्ट्रियसभा सदस्यको माग राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा राजनीतिक सहमति भएकामा प्रसन्नता व्यक्त गरेका छन्। यस्तै, उनीहरुले मुलुकको पछिल्लो राजनीतिक अवस्था एवम् राष्ट्रिय तथा स्थानीय समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन्। 
ट्रकले स्कुटरलाई ठक्कर दिएपछि भक्तपुरको गठ्ठाघरमा तनाव
ट्रकले स्कुटरलाई ठक्कर दिएपछि भक्तपुरको गठ्ठाघरमा तनाव बिहीबार दिउँसो सवा २ बजेतिर कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए।
Weather Update