News Griha :: न्यूजगृह
प्रस्तावित १६ राजदूत सुनुवाइ समितिबाट अनुमोदित, ४ जनाको नाममा जसपा नेपाल र रास्वपाको फरक मत
प्रस्तावित १६ राजदूत सुनुवाइ समितिबाट अनुमोदित, ४ जनाको नाममा जसपा नेपाल र रास्वपाको फरक मत समिति सदस्य महेश बर्तौलाले आवश्यक कागजात नपुगेका कारण श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अनुमोदन हुन नसकेको जानकारी दिए।
दरबारमार्गमा हुने कन्सर्टमा ५ हजार सुरक्षाकर्मी परिचालित
दरबारमार्गमा हुने कन्सर्टमा ५ हजार सुरक्षाकर्मी परिचालित आजको ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरी गरी कम्तीमा पनि पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिए। 
काम गरेर देखाउनेबाहेक यो सरकारको अरु कुनै एजेन्डा छैन: प्रधानमन्त्री ओली
काम गरेर देखाउनेबाहेक यो सरकारको अरु कुनै एजेन्डा छैन: प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउनेबाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन्। बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काम गरेर देखाउने र गरेकै कामले आशा भर्नेबाहेक वर्तमान सरकारको अर्को एजेन्डा नभएको बताएका हुन्।
प्रस्तावित प्रधानन्यायाधीश र दुई राजदूतमाथि सार्वजनिक उजुरी आह्वान
प्रस्तावित प्रधानन्यायाधीश र दुई राजदूतमाथि सार्वजनिक उजुरी आह्वान बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल उपर उजुरी आह्वान गर्ने निर्णय भएको समितिका उपसचिव सिर्जना बरालले जानकारी दिइन्। 
धरहरा चढ्न सुन्धारामा सर्वसाधारण
धरहरा चढ्न सुन्धारामा सर्वसाधारण सरकारले आज संविधान दिवसको अवसर पारेर सर्वसाधारणका लागि धरहरा खुला गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संविधान दिवस (असोज ३) को अवसर पारेर धरहरा सर्वसाधारणका लागि अस्थायी रूपमा खुला गर्ने निर्णय गरेको थियो।
ट्रकले ठक्कर दिँदा म्हैपीमा मोटरसाइकल चालकको मृत्यु
ट्रकले ठक्कर दिँदा म्हैपीमा मोटरसाइकल चालकको मृत्यु बा ४ ख ८६८५ नम्बरको मिनी ट्रकले ग १४ प ६४४३ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिएको थियो। सो क्रममा मोटरसाइकल चालक बाग्लुङको बाग्लुङ नगरपालिका–१२ घर भएका २५ वर्षीय विनोद खड्काको मृत्यु भएको हो।
संविधानले सम्झिएका सुशील र सुवास
संविधानले सम्झिएका सुशील र सुवास नेपाल अधिराज्यको संविधान, २०४७ जारी गर्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कति गाह्रो पर्‍यो होला?नेपालमा दुईदुई पटक संविधान सभाको निर्वाचन गरेर बल्लतल्ल संविधान जारी भएको घटनाका प्रत्यक्षदर्शी भएकाले भट्टराईको त्यो अप्ठेरोको अनुमान सहजै लगाउन सक्छौँ।
साढे १२ सय कर्मचारीको सरुवा [सूचीसहित]
साढे १२ सय कर्मचारीको सरुवा [सूचीसहित] निजामती सेवा ऐन, २०४९ मा निजामती कर्मचारीको सरुवा गर्दा सरुवा पत्रमा अवधि तोकेर कम्तीमा दुई वर्षका लागि सरुवा गर्नुपर्ने व्यवस्था छ। निजामती सेवा नियमावली, २०५० ले सरुवाको समय तालिका र सरुवाका आधारहरू नै निर्धारण गरेको छ। त्यसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ महिनामा सरुवा गर्नुपर्ने हुन्छ।
यसरी मनाइयो संविधान दिवस [तस्बिरहरू]
यसरी मनाइयो संविधान दिवस [तस्बिरहरू] संविधान दिवसको अवसरमा देशैभर विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ। नेपाली जनताको सात दशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो। सोही दिनको स्मरणमा सरकारले ३ असोजलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको रूपमा मनाउने...
बिहीबार पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?
बिहीबार पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५५ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।  
सैनिकमञ्चमा मनाइयो संविधान दिवस
सैनिकमञ्चमा मनाइयो संविधान दिवस संविधान दिवसको मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी थिए। साथै संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट अतिथिहरू पनि सहभागी भए।
१२ सीडीओसहित ३६ उपसचिवको सरुवा, को कहाँ?
१२ सीडीओसहित ३६ उपसचिवको सरुवा, को कहाँ? गृह मन्त्रालयले मातहतका ३६ उपसचिवको सरुवा गरेको छ।  बुधबारको निर्णयअनुसार गृहमन्त्रालय तथा अन्तर्गतका कर्मचारीहरूको सरुवा भएको हो। 
Weather Update