News Griha :: न्यूजगृह
बिहीबार पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

काठमाडौं— नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको भाउ बिहीबार प्रतितोला आठ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५५ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।  
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।

बुधबार प्रतितोला एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार आठ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ११:१७
Weather Update