देशभर मनसुनी वायुको प्रभाव कायम, यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना शुक्रबार, असोज ४, २०८१

उपल्लो मुस्ताङको अर्धनिषेधित क्षेत्र हटाउन माग शुक्रबार, असोज ४, २०८१ उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्रबाट हटाउने यहाँको पछिल्लो समयको राजनीतिक मुद्दा बनेको छ।

प्रधानमन्त्री ओली आज अमेरिका जाँदै, यस्तो छ भ्रमण तालिका शुक्रबार, असोज ४, २०८१ प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज अमेरिकाको न्युयोर्क जाँदै छन्। उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिका प्रस्थान गर्न लागेका हुन्।प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनेछन्।

पहिलो दिन नै १२ सय जना धरहरा चढे, आइतबारसम्मका लागि टिकट बुक बिहीबार, असोज ३, २०८१ सर्वसाधारणका लागि खुला गरिएपछि आज पहिलो दिन धरहरा चढ्नेहरूको भीड लागेको छ। शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भइसकेको बताए।
-1719744430.jpg)
रविको ठोकुवा— शेरबहादुर देउवा रिसाएको एक सेकेन्डमै सरकार ढल्छ बिहीबार, असोज ३, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले वर्तमान शेरबहादुर देउवा रिसाएको एक सेकेन्डमै सरकार ढल्ने ठोकुवा गरेका छन्।बिहीबार रास्वपाले आयोजना गरेको संविधानबारे छलफलमा बोल्दै सभापति लामिछानेले वर्तमान संसद्मा सरकार बनाउनको लागि एक वा दुईभन्दा बढी पार्टीहरू मिल्नुको विकल्प नभएको बताए।

‘नेशनल डे कन्सर्ट’मा झन्डा फहराउँदै प्रधानमन्त्री ओलीले संविधान दिवसको खुशी साटे बिहीबार, असोज ३, २०८१ दरबारमार्गमा नागरिकस्तरबाट आयोजना गरिएको ‘नेशनल डे कन्सर्ट’मा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झन्डा हल्लाउँदै संविधान दिवसको खुशी साटेका छन्।

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणको तयारी‚ अर्थमन्त्री र स्वास्थ्यमन्त्रीबीच छलफल बिहीबार, असोज ३, २०८१ अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा अत्याधुनिक र सुविधासम्पन्न वीर अस्पताल निर्माण गर्न विस्तृत परियोजना प्रस्ताव तयार पार्ने तथा परामर्शदाताका लागि अन्तर्राष्ट्रिय रुपमा प्रस्ताव आह्वान गर्ने सहमति भएको हो।

समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा बिहीबार, असोज ३, २०८१ कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘संविधान संशोधन: आवश्यकता र चुनौती’ विषयक छलफल कार्यक्रममा महामन्त्री शर्माले संविधानको सफलताका लागि सफल कार्यान्वयन, समयानुकूल परिमार्जन, संविधान अनुकूलको रूप प्रवृत्तिको विकास र व्यवस्था परिवर्तनमार्फत अवस्था रूपान्तरणको विषय महत्वपूर्ण भएको बताए।

वैदेशिक रोजगारको सपना देखाएर ठगेको आरोपमा झापाली र स्याङ्जाली पक्राउ बिहीबार, असोज ३, २०८१ वैदेशिक रोजगारीका लागी विभिन्न मुलुकमा पठाउँछौँ भनेर ठगेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको छ।

राष्ट्रिय झन्डाले ढपक्कै ढाकियो दरबारमार्ग बिहीबार, असोज ३, २०८१ विशेषगरी युवा लक्षित कार्यक्रममा एलिमेन्ट्स ब्यान्डले प्रस्तुति दिनेछन्। त्यस्तै, गायक स्वप्न सुमन, कुटुम्ब ब्यान्ड, सुगम पोखरेलले गाउने कार्यक्रम छ। त्यसैगरी, अन्तरा ब्यान्ड, दीपक लिम्बू, आनन्द कार्की, कुन्ति मोक्तान, देविका बन्दना, सुवानी मोक्तान लगायत सहभागी हुँदैछन्।

सरकारले खोल्यो चाडपर्वलक्षित सुपथ मूल्य पसल बिहीबार, असोज ३, २०८१ दसैँ, तिहार, छठलगायत विभिन्न चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सहुलियत दरमा उपलब्ध गराउन सहुलियत पसल ल्याइएको कम्पनीले जनाएको छ। काठमाडौं उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा कम्पनीले बिक्री कक्ष सञ्चालित छन्।

श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको सर्टिफिकेट फर्जी भएको आशङ्का बिहीबार, असोज ३, २०८१ संसदीय सुनुवाइ समितिले विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम बहुमतले अनुमोदन गरेको छ। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल र जसपाका सांसद प्रकाश अधिकारीले भने नियुक्ति अनुमोदनप्रति असन्तुष्टि जनाउँदै फरक मत राखेका छन्।

देशभर अराजकता बढेको माओवादी निष्कर्ष बिहीबार, असोज ३, २०८१ नेकपा माओवादी केन्द्रले देशभर अराजकता बढेको निष्कर्ष निकालेको छ। साथै सो पार्टीले भूराजनीतिक अवस्था थप जटिल र पेचिलो बन्दै गइरहेको निष्कर्ष निकालेको छ।









