News Griha :: न्यूजगृह
‘नेशनल डे कन्सर्ट’मा झन्डा फहराउँदै प्रधानमन्त्री ओलीले संविधान दिवसको खुशी साटे

काठमाडौं— दरबारमार्गमा नागरिकस्तरबाट आयोजना गरिएको ‘नेशनल डे कन्सर्ट’मा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झन्डा हल्लाउँदै संविधान दिवसको खुशी साटेका छन्।

समारोहमा प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।

छोटो समय सहभागी भएका प्रधानमन्त्री ओलीले संविधान एवं राष्ट्रिय दिवसको शुभकामना दिँदै दिवसलाई भव्य रुपमा मनाउन आग्रह गरे।

अहिले कन्सर्टमा कलाकारहरूले आफ्नो प्रस्तुति दिइरहेका छन्। दरबारमार्ग राष्ट्रिय झन्डाले ढपक्क ढाकिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १९:१८
Weather Update