News Griha :: न्यूजगृह
देशभर अराजकता बढेको माओवादी निष्कर्ष

काठमाडौं— नेकपा माओवादी केन्द्रले देशभर अराजकता बढेको निष्कर्ष निकालेको छ।  साथै सो पार्टीले भूराजनीतिक अवस्था थप जटिल र पेचिलो बन्दै गइरहेको निष्कर्ष निकालेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटाले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा झन्झन् जटिल पेचिलो बन्दै गएको बताएका हुन्।

‘राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा झन्झन् जटिल पेचिलो बन्दैछ। भूराजनीतिक स्थितिले पनि पेचिलोपन ल्याउँदैछ। अन्तर्राष्ट्रिय रूपमा हेर्दा त विस्फोटक स्थिति बनेको छ’, सापकोटाले भने, ‘यो परिस्थितिमा पार्टीलाई एकताबद्ध गर्नुपर्छ। जनवर्गीय सङ्गठनहरूलाई एकताबद्ध बनाएर जानुपर्छ भन्ने निष्कर्ष छ ।’

उनले देशैभरि अराजकता, विकृति र विसङ्गति बढेको निष्कर्ष बैठकले निकालेको जानकारी दिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १५:३८
Weather Update