News Griha :: न्यूजगृह

संविधान दिवसको अवसरमा देशैभर विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ। नेपाली जनताको सात दशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो। सोही दिनको स्मरणमा सरकारले ३ असोजलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको रूपमा मनाउने गर्दछ। 

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा उडाइएको नेपाली सेनाको हेलिकप्टर र नजिकैको धरहराको दृश्य । तस्बिरः प्रदीपराज वन्त / रासस
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिँदै । तस्बिरः प्रदीपराज वन्त / रासस
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा परेड प्रस्तुत गर्दै नेपाली सेना । तस्बिरः प्रदीपराज वन्त / रासस
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा परेवा उडाउँदेै नेपाली सेना । तस्बिरः प्रदीपराज वन्त / रासस
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा सांस्कृतिक झाँकी प्रस्तुत गरिँदै । तस्बिरः प्रदीपराज वन्त / रासस
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा सांस्कृतिक झाँकी प्रस्तुत गरिँदै । तस्बिरः प्रदीपराज वन्त / रासस
संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ को अवसरमा बिहीबार बाँकेको नेपालगञ्जमा निकालिएको प्रभातफेरीमा सहभागी सुरक्षाकर्मीहरु । तस्बिरः रुपनी जि एम / रासस
संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ को अवसरमा बिहीबार सर्लाही सदरमुकाम मलङ्गवामा निकालिएको प्रभातफेरीमा सहभागीहरु । तस्बिर : विश्वनाथ ठाकुर / रासस
संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ को अवसरमा जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिको आयोजनामा बिहीबार चितवनको भरतपुरमा निकालिएकोे प्रभातफेरी । तस्बिर : सनद अधिकारी/रासस
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा गण्डकी प्रदेश सरकारद्वारा निकालिएको प्रभातफेरीमा सहभागी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायत । तस्बिर: राधिका कँडेल रासस
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा बिहीबार बेँसीसहर बजारमा आयोजित प्रभातफेरीमा सहभागीहरु । तस्बिर : जनक श्रेष्ठ / रासस
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार निकालिएको प्रभातफेरीमा सहभागी प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललगायत । तस्बिर: सुरेश आचार्य/रासस
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा कलेजमा आयोजित कार्यक्रममा राष्ट्रिय गानमा सहभागीहुँदै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ स्थित जामिया कमरुन निशा निस्वाँ कलेजका विद्यार्थीहरु । तस्बिर : राधेश्याम विश्वकर्मा/ रासस
संविधान दिवसको अवसरमा बिहीबार गुल्मीको सदरमुकाम तम्घासमा सरसफाइ कार्यक्रममा सहभागीहरु। तस्बिर : जनार्दन घिमिरे / रासस
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सुदूरश्चिम प्रदेश मूल समारोह समितीले बिहीबार धनगढीमा आयोजना गरेको प्रभातफेरीमा सहभागी प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायत । तस्बिर : सुरेन्द्रबहादुर ताम्राकार/रासस
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सुदूरश्चिम प्रदेश मूल समारोह समितीले बिहीबार धनगढीमा आयोजना गरेको कार्य्रकममा राना थारु समुदायको लोकसंस्कृति झल्काउँने होरी नृत्यु प्रस्तुत गर्दै थारु समुदायका कलाकार । तस्बिर : तिलकराज ओझा / रासस
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ११:५१
Weather Update