News Griha :: न्यूजगृह
प्रस्तावित प्रधानन्यायाधीश र दुई राजदूतमाथि सार्वजनिक उजुरी आह्वान
फाइल तस्बिर।

काठमाडौं— प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र दुई देशका प्रस्तावित राजदूतमाथि सार्वजनिक उजुरी आह्वान भएको छ।

बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल उपर उजुरी आह्वान गर्ने निर्णय भएको समितिका उपसचिव सिर्जना बरालले जानकारी दिइन्। 

समिति बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चार माध्यममार्फत उजुरी आह्वान गर्ने प्रस्ताव प्रस्तुत गरिन्।

उक्त प्रस्ताव समितिबाट पारित भएपछि सभापति न्यौपानेले सूचना सार्वजनिक गर्न समिति सचिवालयलाई निर्देशन दिएकी हुन्। 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १३:०२
Weather Update