News Griha :: न्यूजगृह
सरकारसँग मंगलबार पनि वार्ता गर्दै मिटरब्याजपीडित
सरकारसँग मंगलबार पनि वार्ता गर्दै मिटरब्याजपीडित मिटरब्याजपीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ । गृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याजविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच मंगलबार वार्ता हुन लागेको हो ।
२० हजार घुससहित इन्जिनियर पक्राउ
२० हजार घुससहित इन्जिनियर पक्राउ  सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा प्रहरीले सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहतालाई पक्राउ गरेको छ ।
सोलुखुम्बुमा किशोरीले गरिन् आत्मदाह प्रयास
सोलुखुम्बुमा किशोरीले गरिन् आत्मदाह प्रयास एक किशोरीले आत्मदाहको प्रयास गरेकी छिन् । थुलुङ दूधकोशी गाउँपालिका–५ जुबुकी १६ वर्षीया सकुन्तला तामाङले आइतबार राति खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामा आत्मदाहको प्रयास गरेकी हुन् ।
कस्तो रहला मंगलबार मौसम ?
कस्तो रहला मंगलबार मौसम ? हाल देशमा स्थानीय वायुसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
सांसद ढाकाकुमार श्रेष्ठले पार्टीमा बुझाए स्पष्टीकरण
सांसद ढाकाकुमार श्रेष्ठले पार्टीमा बुझाए स्पष्टीकरण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.ढाकाकुमार श्रेष्ठले पार्टीमा स्पष्टीकरण बुझाएका छन् । 
युवा संघको कार्यक्रममा ओलीले भने– युवा संघको कार्यकर्ता व्यवहारबाट चिनिनुपर्छ
युवा संघको कार्यक्रममा ओलीले भने– युवा संघको कार्यकर्ता व्यवहारबाट चिनिनुपर्छ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय युवा संघ नेपालमा कुनै पनि प्रकारको गुटबन्दी हुन नहुने बताएका छन् । बाँकेको नेपालगञ्जमा आइतबारदेखि सुरु भएको संघको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उनले एमाले गुटबन्दीलगायत सबै खाले जालझेल सहेर उठेको पार्टी भएकाले अब युवा संघमा कुनै पनि बाहनामा पक्ष विपक्षको कुरा...
युवाको उमेर ५ वर्ष घटाउन छलफल सुरु
युवाको उमेर ५ वर्ष घटाउन छलफल सुरु नेपालमा युवाको उमेर घटाउने विषयमा छलफल सुरु भएको छ । अहिले युवाको उमेर १६ देखि ४० वर्ष मानिदै आएकामा अब युवाको १६ देखि ३५ वर्ष कायम गर्नेमा छलफल भएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । 
अति विकट क्षेत्रका १४ स्थानीय तहमा ‘फोरजी’ सेवा पुर्‍याउन बाँकी : नेपाल टेलिकम
अति विकट क्षेत्रका १४ स्थानीय तहमा ‘फोरजी’ सेवा पुर्‍याउन बाँकी : नेपाल टेलिकम नेपाल टेलिकमले ‘फोरजी’ सेवा आगामी वर्षको सुरुमै शतप्रतिशत पुर्‍याउने तयारी गरेको छ । उक्त सेवा अब १४ स्थानीय तहमा पुर्‍याउन बाँकी रहेको प्रवक्ता शोभन अधिकारीले बताए ।
स्टारसिटी गौरीगंगा गोल्डकपको फाइनलमा
स्टारसिटी गौरीगंगा गोल्डकपको फाइनलमा कैलालीको स्टारसिटी क्लब तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बाँकेको कोहलपुर रेसिङ सहारा क्लबले श्रम स्वीकृति विनाका तीन जना विदेशी खेलाडी खेलाउन बल प्रयोग गरेपछि आयोजकले उक्त क्लबलाई कारबाही गरेको छ । उक्त क्लबको कारबाहीसँगै स्टारसिटी उपाधि नजिक पुगेको हो ।
Weather Update