News Griha :: न्यूजगृह
सांसद ढाकाकुमार श्रेष्ठले पार्टीमा बुझाए स्पष्टीकरण

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.ढाकाकुमार श्रेष्ठले पार्टीमा स्पष्टीकरण बुझाएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएको विषयमा सांसद श्रेष्ठले पार्टीमा स्पष्टीकरण बुझाएका हुन् ।

रास्वपाका अनुशासन समितिका प्रमुख भरतमणि देवकोटाले सांसद श्रेष्ठबाट स्पष्टीकरण आएको बताए ।
‘हाम्रो सांसद डा.ढाकाकुमार श्रेष्ठले आफ्नो कुरा राखेर पठाउनुभएको स्पष्टीकरण मैले प्राप्त गरेको छु,’ देवकोटाले भने ।

अडिओ सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  २२:२४
Weather Update