News Griha :: न्यूजगृह
सरकारसँग मंगलबार पनि वार्ता गर्दै मिटरब्याजपीडित

काठमाडौं— मिटरब्याजपीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ ।

गृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याजविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच मंगलबार वार्ता हुन लागेको हो ।

समिति संयोजक अवधेश कुशवाहले दुई दिनसम्म चलेको वार्तामा सहमति हुन नसकेपछि आज वार्ता गरेर सहमतिमा पुग्ने प्रयास गरिने बताए ।

उनका अनुसार मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टिबन्धक, रजिष्ट्रेशन र चेकलगायत मन्त्रिपरिद्षको निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुँदे माग राखिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ०६:२१
Weather Update