News Griha :: न्यूजगृह
सोलुखुम्बुमा किशोरीले गरिन् आत्मदाह प्रयास

सोलुखुम्बु— एक किशोरीले आत्मदाहको प्रयास गरेकी छिन् । थुलुङ दूधकोशी गाउँपालिका–५ जुबुकी १६ वर्षीया सकुन्तला तामाङले आइतबार राति खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामा आत्मदाहको प्रयास गरेकी हुन् ।

किशोरीले राति साढे ८ बजे शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राम किशोर शाहले बताए ।

उनको शरीरको विभिन्न भाग जलेको प्रहरीले जनाएको छ । उनलाई बचाउन गएका किशोरीकी आमा राधा कुमारी राई तामाङ समेत सामान्य घाइते भएकी छिन् ।

घाइते दुवै जनाको खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ स्थित पासाङ ल्हामु निकोलनिकी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ०६:१२
Weather Update