News Griha :: न्यूजगृह
२० हजार घुससहित इन्जिनियर पक्राउ

काठमाडौं— सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा प्रहरीले सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहतालाई पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले मेहतालाई मोरङको विराटनगर महानगरपालिकास्थित पुलचोकबाट सोमबार नियन्त्रणमा लिएको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार इन्जिनियर मेहताले सेवाग्राहीबाट घरको नापनक्सा पास गरिदिने भन्दै घुस लिएका थिए ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ०६:१५
Weather Update