News Griha :: न्यूजगृह
बालविकास शिक्षकका माग पूरा गराउन दबाव
बालविकास शिक्षकका माग पूरा गराउन दबाव नेपाल बालविकास शिक्षक केन्द्रीय समितिले मन्त्री, सांसद तथा नेताहरूलाई आफ्ना विभिन्न मागबारे ध्यानाकर्षण गराएकाे छ । अध्यक्ष कृष्ण कुमारी थापा मगर नेतृत्वको कार्यसमितिले मागबारे ध्यानाकर्षण गराएकाे हाे ।
मिटरब्याज पीडितमाथि बल प्रयोग नगर्न आयोगको आग्रह
मिटरब्याज पीडितमाथि बल प्रयोग नगर्न आयोगको आग्रह प्रहरीको कुटपिटबाट घाइते भएकाको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेमध्ये अधिकांशलाई टाउकोमा चोट लागेको र ट्रमा सेन्टरमा उपचाररत तीनजना गम्भीर रहेको अनुगमनको क्रममा पाइएको छ । 
सुरक्षा निकायलाई राजनीतिक दबाबमुक्त बनाउने प्रतिबद्धता गरेका गृहमन्त्रीले पत्रकारहरूसँग अरु के–के भने ?
सुरक्षा निकायलाई राजनीतिक दबाबमुक्त बनाउने प्रतिबद्धता गरेका गृहमन्त्रीले पत्रकारहरूसँग अरु के–के भने ? ‘ठूलाबडा, सम्पन्न, धनीमानी, पहुँच भएका शक्तिकेन्द्रमा जानसक्नेहरूको कुरा सुन्ने, तिनीहरूले भेटघाट पाउने तर गरिब, असहाय जनसाधारणले सम्पर्क गर्न पनि नपाउने स्थितिको फेरबदल गर्नुपर्छ,’ उनले भने, ‘सुरक्षा निकायलाई शक्ति केन्द्र र राजनीतिक दबाबबाट मुक्त राखिनेछ । अवाञ्छित चलखेलबाट मुक्त राखिन्छ ।’
भूमिहीनलाई छिट्टै जग्गाधनी बनाउँछौ : मन्त्री श्रेष्ठ
भूमिहीनलाई छिट्टै जग्गाधनी बनाउँछौ : मन्त्री श्रेष्ठ प्रतिनिधि सभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले भूमिहीन नागरिकले जमिन पाउनुपर्ने र गाउँलाई सम्पन्न बनाउनैपर्ने बताइन् । 
झिनो अङ्कले घट्यो नेप्से
झिनो अङ्कले घट्यो नेप्से पुँजी बजारमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तीन दशमलव ०७ अङ्कले घटेर एक हजार नौ सय चार दशमलव ९८ को बिन्दुमा कायम भएको हो । 
कुशल र भीमको उत्कृष्ट ब्याटिङ प्रेरित नेपालको मलेसियामाथि ६ विकेटको जित
कुशल र भीमको उत्कृष्ट ब्याटिङ प्रेरित नेपालको मलेसियामाथि ६ विकेटको जित नेपाललका लागि भीम सार्कीले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ९८ बलको सामना गरेका थिए । यस्तै, ४० बल खेल्दै कुशल मल्लले ४० बलमै ७० रन बनाए । उनी नट आउट रहे । 
गण्डकीको बेरुजु दुई अर्ब बढी
गण्डकीको बेरुजु दुई अर्ब बढी प्रदेश सरकारअन्तर्गत सञ्चालित ४२ प्रतिशत आयोजनाहरूको भौतिक प्रगति ९० प्रतिशत, १३ प्रतिशत आयोजनाहरूको भौतिक प्रगति ४० प्रतिशतभन्दा कम र १३ प्रतिशत आयोजनाहरू सुरु नै हुन नसकेको प्रतिवेदनले औँल्याएको छ । 
सांसदहरूले केकस्ता मुद्दा उठाए ?
सांसदहरूले केकस्ता मुद्दा उठाए ? प्रतिनिधि सभाको आजको बैठकमा सांसद माधव सापकोटाले तातोपानी नाका खुल्ने निर्णय भए पनि अध्यागमन कार्यालय नभएकाले तत्काल कर्मचारी व्यवस्थापन गर्न माग गरे । उनले अध्यागमन कार्यालय नहुँदा एक अर्का देशका नागरिकले आवतजावत गर्न समस्या हुने भन्दै तत्काल कर्मचारी तथा आवश्यक अन्य स्रोतसाधनको प्रबन्ध गर्नुपर्नेमा जोड दिए । 
एनओसी पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन
एनओसी पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन सरकारले गत वर्षको चैत्र २७ गतेबाट एनओसीमा रोक लगाएको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । 
Weather Update