कोरोना अपडेट : दुईको मृत्यु, १७१ संक्रमित थपिए

काठमाडौंं— पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ । १७१ संक्रमित थपिएका छन् भने ८५ संक्रमणमुक्त भएका छन् ।
संक्रममितमध्ये आठजनाको आईसीयू र चारजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । २२ जना संस्थागत आइसोलेशनमा छन् ।
अहिले नेपालमा ३९७ सक्रिय संक्रमित छन् । पछिल्ला २४ घण्टामा ३१ हजार ४९३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८० १६:३९