News Griha :: न्यूजगृह

काठमाडौं— राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले बाटोलाई आधार बनाएर जग्गाको मूल्याङ्कन गर्ने नीति पुनरावलोकन गर्नुपर्ने बताएका छन् । 

मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले बाटोलाई आधार बनाएर जग्गाको मूल्याङ्कन गर्दा जनता राजस्व तिर्न नसक्ने अवस्थामा पुगेका बताए । 

‘दुःख परेर जग्गा लिनुपर्ने आफूले भोगचलन गर्ने जग्गा सबै बेच्दा पनि राजस्व तिर्न नसक्ने भएपछि के हो यो गाईजात्रा राज्यको ?’ उनले प्रश्न गरे ।  

उनले सरकारको यो नीति पुनरावलोकन गर्न माग गरे । सांसद केसीले सुकुम्वासी र अव्यवस्थित बसोवासीको लागि दश वर्षसम्म जग्गा विक्री गर्न नपाउने प्रावधान पनि हटाउनुपर्ने बताए । 

‘दर्जनौँ सुकुम्वासी आयोग बने, त्यो आयोग मात्रै बने मुलुकको सुकुम्वासीले हेरेका हेर्‍यै भए । अहिलेपनि जुन आयोगहरू बनेका छन्, सडकका बाटोको आधारमा भएका जग्गाको बाटोका आधारमा मूल्यांकन हुने रे,’ केसीले भने, ‘केहीगरी त्यो जग्गा उसले भोगचलन गर्नुप¥यो भने त्यो बेच्दाखेरी अरु सम्पति बेच्दा पनि त्यो जग्गाको मूल्य तिर्न नसक्ने भएपछि के हो यो नाटक ? बाटोलाई आधार बनाएर जग्गाको मुल्यांकन गर्दाखेरि ती सुकुम्वासीले जग्गाको पैसा तिर्न सक्छन् ?’ 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १४:५८
Weather Update